एएनए सम्मेलनमा पत्रकारहरूलार्इ सम्मान गरिने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एएनए सम्मेलनमा पत्रकारहरूलार्इ सम्मान गरिने

ana-2013विजय थापा

 न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा हुने दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए ) को ३१ औँ सम्मेलनमा संचारकर्मीहरुलाई सम्मानित गरिने भएको छ । अमेरिकाको बिभिन्न राज्यहरुबाट संचालनमा रहेका यी बिद्युतीय माध्यमहरुले एएनएको सूचना ,समाचार र सम्मेलनका सबै गतिबिधिलाई पूर्ण रुपमा प्रकाशित तथा सशक्तरुपमा सूचना प्रवाह गरी बिश्वको कुना काप्चामा नेपाली समुदायमा पुर्याइ संस्थाको परिचय समेत गराएका पत्रकारहरूलार्इ जुलाई ४-६ तारिख सम्म चल्ने सम्मेलनमा सम्मान गरिन लागेको हो ।

पत्रकारिताको धर्म निभाई अतुलनिय सहयोग गर्नु भएको कार्यलाई उच्च मुल्यांकन गर्दै सम्मान गरिने निर्णय गरिएको छ । सम्मानित हुने संचार माध्यमहरुमा क्रमस जनपुकार डटकम (क्यालिफोर्निया) ,बोस्टन नेपाल डटकम (बोस्टन ) बिआरटी नेपाल डटकम (कोलोराडो ), यु एस अनलाईन डटकम (न्यु जर्सी ) र ईनेपालिज़ डटकम (भर्जिनिया ) आदि रहेका छन् ।

 उक्त निर्णय गत मार्च १७ तारिख बसेको ए एन ए कार्यक्रारी समितिले निर्णय गरेको हो । ए एन ए ले यो परम्परालाई निरन्तरता दिदै आई रहेको छ र भविष्यमा यसलाई निरन्तरता दिने प्रतिबद्दता जनाएको छ । सन् २०१० ,२०११ र २०१२ मा पनि ए एन ए का हरेक गतिबिधिलाई ब्यबसायिक पत्रकारिताको साथ अतुलनीय सहयोग गर्ने संचार माध्यमहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु