८ चैत, काठमाडौं । मूर्ति व्यापारीलाई धम्क्याएर रकम असुलेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंका तीनजना प्रहरी पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले परिसरको विशेष टोलीका २ जना नायब निरीक्षक र १ जना सहायक निरीक्षकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अपराध अनुसन्धान महाशाखाका सइ रुद्रनाथ पौडेल, प्रकाश मल्ल र असइ राजु भण्डारी रहेका छन् ।
प्रहरी प्रवक्ता केशव अधिकारीका अनुसार चैत ४ गते प्रहरी हुँ भन्दै ५ जनाको समूहले बौद्ध कुमारीगालका व्यापारीद्वय कर्ण लिम्बु र सूर्यमान तामाङलाई धम्क्याएर २ लाख ६१ हजार नगद, मोटरसाइकल र एक थान मोबाइल सेट लिएका थिए । लिम्बु र तामाङ मूर्ति तस्करी र कारोबारमा संलग्न रहेको भन्दै उनीहरुले चार लाख रकम मागेका थिए ।
थप रकम मागेपछि कर्णकी श्रीमतीले कमलादीस्थित एनआइसी बैंकबाट रकम लगेकी थिइन् । रकम लिन कर्णकी श्रीमतीसँगै आएका व्यक्ति बैंकको सीसी टीभीमा देखिएको र अनुसन्धानका क्रममा उनी रुद्रनाथ भएको खुलेको थियो । उनलाई पक्राउ गरेपछि थप दुईजना पनि संलग्न भएका खुलेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उनीहरुका साथबाट ५० हजार नगदसमेत बरामद भएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई अपहरणसम्बन्धी मुद्दा चलाइनेछ । बिहीबार जिल्ला अदालतमा उपस्थित गराएर ६ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।
yo desh bigarnu ma police ko ni thulo haat6 bimari ni aafai dhami ni aafai hun chor haru
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
tasta policelai ta aagban karabas ma halnu parcha
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
कर्मचारीहरुले त मान्छेलाई कामको लोभ देखाएर खाने गर्थे अव त नेताहरुको संगतले होला सिधै लुट्न थालेछन्।जय (नँया) नेपाल !
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
yasari nai karmachari, neta, pulis, ra byapari jaha JANAIBADI haruko haabi chha, JANAJATI haru laai sadiyau dekhi looti rahekachhan! Natra desh ko haal yesto hune thiyena!
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Any body who commited crime..they should be panished….thats a good exampleg….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
esma pani prachand kai haat huna sakchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]