Comments Add Comment

मलेसियाका व्यवसायीसँग सुष्मा र रीमाको रोमान्स

रामचन्द्र नेपाल क्वालालम्पुर, मलेसिया

मलेसियामा आयोजना भएको एक कन्र्सटमा भाग लिनका लागि यहाँ आइपुगेका नेपाली सिने क्षेत्रका चर्चित दुई नायिका सुष्मा कार्की र रीमा विश्वकर्माले म्यूजिक भिडियोमा पनि अभिनय गर्न भ्याएका छन् । मलेसियामा रहेर व्यापार व्यवसाय गर्दै आएका कृष्ण कुरुवाङ र राजन सुब्बासँग दुई नायिकाले अभिनय गरेका हुन् ।remma-modelingमलेसियाका विभिन्न चर्चित स्थानहरुमा छायांकन भएको ४ वटा म्यूजिक भिडियोलाई दिनेश पाखि्रनले निर्देशन गरेका हुन् । एल्बममा समावेश विभिन्न गीतहरुमा अन्जु पन्त, राजेशपायल राई, रामकृष्ण ढकाल, स्मिता शाही, स्वरुपराज आचार्यको आवाज समावेश छ ।

यि गीतहरुका विकास चौधरी र राजेश श्रेष्ठले संगीत भरेका छन् । तिमीलाई देखेर, मुस्कुराई रहुँ, जीन्दगीका हरेक मोडमा, हावासरी लगायतका गीतमा सुष्मा, रीमा, कृष्ण र राजको अभिनय देख्न सकिनेछ । म्यूजिक भिडियोमा अभिनय गर्ने भएपछि सुष्मा र रीमाले केही दिन मलेसियामा आफ्नो बसाई लम्बाएका थिए । हाल यि दुई नायिका भिडियोको छायांकन सकेर नेपाल फर्किसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment