OnlineKhabar.com

बसन्तले बनाए हेलिकोप्टर (फोटो फिचरसहित)

२०७० भदौ १४ गते १३:५९ मा प्रकाशित

भरतबन्धु थापा

१४ भदौ, भक्तपुर। रामेछापका एक युवाले हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर शुक्रबार पू्जाअर्चना गरे इथाचामा परीक्षण गरिएको छ ।

भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो ।

BASANTA-KO-HELICOPTER

हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर बीएस १-९८ नं. दिइएको छ । जसमा २ जनासम्म बस्न मिल्छ ।

पाइलट पढ्न नपाएपछि आबिस्कार

विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाए । त्ससपछि सिवानी एयरमा नाम पनि निकाले ।

नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले । ‘मेरो उद्देश्य नै पाइलट बन्नुथियो तर, पैसा नहुँदा पढ्न नसकेपछि मैले पढ्ने काम छोडेर आफैं हेलिकोप्टर बनाउनतिर लाग्छु भनेर लागेको हुँ ।’ उनले भने । उनका अनुसार उनले बनाएको सो हेलिकोप्टर नेपालमा चलिरहेकाभन्दा निक्कै फरक छ ।

BASANTA-KO-HELICOPTER-1

हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताए । उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताए । एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् । सँधै केही न केही ल्याएर काम गरिरहन्थ्यो । ‘के गर्न लागेको भन्दा यस्तै सामान्य कुरा मात्र हो भन्थ्यो, आखिरीमा हेलिकोप्टर पो बनाएको रहेछ’-स्थानीय रमेश प्रजापतिले भने ।

BASANTA-KO-HELICOPTER-2

BASANTA-KO-HELICOPTER-3

BASANTA-KO-HELICOPTER-4

BASANTA-KO-HELICOPTER-5

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृया (१)
  • sagar लेख्नुहुन्छ    |   २०७१ असार २४ गते १६:२७

    yo dheri ramro kura ho malai man pareyo
    2057 sal ko kur ho maile pani kath ko halicoptor banako thea tara hamro nepal ma kuni chaso garne kohee vaena

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

पुस्तक प्रदर्शनीमा ४५ लाखको कारोबार

२ फागुन, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा एघार दिनसम्म चलेको पुस्तक प्रदर्शनी ४५ लाख मूल्य बराबरका पुस्तकहरु बिक्री भएका छन् । प्रदर्शनी एक लाख जनाले...

चितवनमा आयोजित औद्योगिक प्रदर्शनीमा १५ करोड कारोबार

२ फागुन, चितवन । चितवनको भरतपुरमा आयोजित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनीमा १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । सात दिनसम्म चलेको प्रदर्शनीमा...

क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सञ्चार प्रतिष्ठानको संयोजकमा लम्साल

२ फागुन, काठमाडौं । क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सञ्चार प्रतिष्ठानको आइतबार सम्पन्न पहिलो भेलाले ३७ सदस्यीय प्रतिष्ठान सम्मेलन आयोजक समिति चयन गरेको छ ।...

कोहलपुरमा कृषि यन्त्रहरूको प्रदर्शनी हुने

२ फागुन, काठमाडौं । कृषि विकास मन्त्रालयले फागुन २३ गतेदेखि दोस्रो राष्ट्रिय कृषि यन्त्रहरुको प्रदर्शनी गर्ने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघसँगको...

संविधानलाई पटक-पटक आक्रमण प्रयासः उपप्रधानमन्त्री केसी

२ फागुन, गुल्मी । उपप्रधानमन्त्री एवं गरिवी निवारण तथा सहकारी मन्त्री चित्रबहादुर केसीले नेपाली जनताको चाहनामा देशमा नयाँ संविधान जारी भएसँगै संविधानलाई पटक पटक...

विदेश पठाइदिने भन्दै ठगी गर्ने गुरुङ पक्राउ

२ फागुन, काठमाडौं । राम्रो काममा विदेश पठाइदिने बाहानामा ठगी गर्ने एक जना पक्राउ परेका छन् । रोहित गिरीसँग दुबई पठाइदिने भन्दै ठगी गरेको...

पैसा बाेकेर अध्यक्ष भागेपछि बिजुली बाल्ने सपना अधुरै

२ फागुन, सोलुखुम्बु। आयोजनाको अध्यक्ष रकम लिएर भागेका कारण वाकुबासीले सात वर्ष बितिसक्दा पनि विद्युत् बाल्न पाएका छैनन् । गाउँमा बिजुली बाल्नका लागि २०६५ सालमा...

१७ जना एसपीको सरुवा (सूचीसहित)

२ फागुन, काठमाठौं । प्रहरी प्रधान कार्यालयले १७ जना एसपीको सरुवा गरेको छ । काठमाडौं परिसरका एसपी विश्वराज पोखरेललाई प्रहरी कर्मचारी प्रशासनमा पठाएको छ भने...

प्रधानमन्त्री र पर्यटन मन्त्री लुम्बिनी जाँदै

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री आनन्द पोख्रेल आइतबार लुम्बिनी जाँदैछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन उनीहरु...

गुल्मीमा ७ करोड बढी बेरुजु, शिक्षा कार्यालयमा सबैभन्दा धेरै

२ फागुन, तम्घास । गुल्मी जिल्लामा रहेका सार्बजनिक कार्यालयहरुको बेरुजु सात करोड रुपैयाँ भन्दा बढी पुगेको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला जनस्वास्थ्य...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित