Comments Add Comment

‘सुकुल गुण्डा’ जीवनसँग जम्ने भो खुश्वुको जोडी

नायक जीवन लुइटेल निर्धारित समय भन्दा करिब डेढ घन्टा ढिलो आइदिदा काठमाण्डौमा आयोजना भएको एक सिनेमाको शुभमुहुर्त कार्यक्रम निक्कै ढिलो सुरु भयो । मधुसुदन भट्टराइको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सुकुल गुण्डा’मा नायक लुइटेल मुख्य कलाकारको रुपमा देखिदैछन् । jiwan-and-khusbuचलचित्रमा उनको साथमा श्रीदेव भट्टराई, सुशिल पोखरेल, राजकुमार शाह, खुश्वु खड्का, रामचन्द्र अधिकारी, संजय कार्की, रश्मी भट्ट, रमेश बस्नेत, शान्ती थापा, इन्द्र श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

राजेश शाक्य, महेश प्रसाद मुडभरी, रमेश बस्नेतको निर्माणमा तयार हुन लागेको यो चलचित्रको मंगलबार काठमाण्डौमा शुभमुहुर्त गरिएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले क्ल्याप हानेको कार्यक्रममा द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले नरिबल फोडेका थिए । शुभमुहुर्त कार्यक्रममा नायक जीवन लुइटेल र कलाकार खुश्वु खड्काले संवाद बोलेका थिए ।सामान्य मानिसको दृष्टिमा मानिस जस्तो देखिन्छ, त्यो नहुने भन्दै उसको जीवनमा नाटकिय परिवर्तन हुन्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ ।

अभावै अभावमा हुर्केको सुन्दर नामको पात्र र उसको जीवनमा सुष्मा नामकी युवतीको प्रवेशसँगै आउने परिवर्तनलाई सिनेमाको मुख्य बिषय बनाइएको छ ।चलचित्रमा एम.पी मुडभरीको कथा, सुशिल पोखरेलको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कुमार महर्जनको द्वन्द्व, कमल राई र प्रदिप श्रेष्ठको नृत्य, शरण जोशीको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment