OnlineKhabar.com

१ लाख पुरुषसँग ओछ्यान तताउने घोषणा

२०७० भदौ १६ गते १२:३१ मा प्रकाशित

उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक भन्ने गरिन्छ हामीकहाँ । तर पोल्याण्डकी एक युवतीले भने उडेर चन्द्रमा छुने भन्दा पनि अझै कडा जस्तो लाग्ने उद्धेश्य लिएकी छिन् । २१ वर्षकी ती युवतीले आफ्नो जिवनकालमा १ लाख जना पुरुषसँग ओछ्यान तताउने लक्ष्य लिएकी छिन् । उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि काम सुरुवात गरिसकेकी छिन् र अहिलेसम्म केही संख्यामा पुरुषहरुलाई आफ्नो यौनको चपेटामा पारिसकेकी छिन् ।

1

एनिया लिसेवस्का नामकी ती युवती आफ्नो यो लक्ष्य पूरा गर्नका लागि केवल पोल्याण्डका तन्नेरीसँग मात्र सुत्न चाहँदैनिन् । विश्वका सबै देशमा पुगेर सबै देशका पुरुषसँग सम्भोगको स्वाद चाख्ने चाहना उनको रहेको छ । उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि हरेक पुरुषलाई सम्भोगका लागि २० मिनेटको समय दिनेछिन् ।

आफ्नो ब्लगमार्फत उनले दिएको जानकारी अनुसार आफ्नो सेक्स म्याराथनको सुरुवात उनले अघिल्लो महिना वार्सा सहरबाट गरिसकेकी छिन् । अहिलेसम्म उनले २८४ जना पुरुषसँग सेक्स गरिसकेको बताइएको छ । अझ रोचक कुरा त के छ भने जिवनकालमा १ लाख पुरुषलाई सम्भोगको अनुभव दिलाउने लक्ष्य लिएकी यी तरुनीको ब्वायफ्रेण्ड समेत छ । आफुले यौनसुखका लागि सम्भोग म्याराथन गर्न लागेको भन्दै आफ्नो कामलाई मन पराएर कसैले आर्थिक सहयोग गर्न चाहेमा त्यो पैसा सामाजिक काममा लगाउने उनी बताउँछिन् ।

आफुले सेक्सलाई माया गर्ने तथा पुरुष र हँसिमजाक आफुलाई मन पर्ने उनको भनाइ रहेको छ । उनले आफुसँग सेक्स गर्ने हरेक पुरुषलाई २० मिनेटको समय दिने बताएकी छिन् । यस अर्थमा उनले १ लाख पुरुषसँग सेक्स गर्दासम्म ३३ हजार ३ सय ३३ घण्टा उनले सेक्समै बिताएकी हुनेछिन् । यसको अर्थ उनले लगातार सेक्स गरेमा पनि एक लाख जनासँग सेक्स गर्न झण्डै ४ वर्ष लाग्नेछ । उनले आफ्नो योजना पूरा गर्नका खातिर हप्ताको दुइ दिन सेक्सलाई छुट्टाएकी छिन् । २० वर्षमा १ लाख पुरुषसँग सम्भोग गर्ने लक्ष्य लिएकी उनले हरेक शनिवार र आइतबार औषतमा १४।१४ जनासँग सेक्स गर्ने योजना बनाएकी छिन् ।

के तपाई एनसेलबाट इन्टरनेट चलाउनुहुन्छ ? अब अनलाइनखबर खोल्दा पैसा लाग्दैन । एक्टिभेट गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“१ लाख पुरुषसँग ओछ्यान तताउने घोषणा” मा प्राप्त २ प्रतिकृयाहरू
  • delip limbu लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते १९:०४

    ma pani ni 1 lakh bitra

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [Reply]

  • ishwor gm लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते २१:४७

    महिला हरुकेा ईजजत फालि

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [Reply]

यसमा तपाइको मत




मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित