Comments Add Comment

स्याङजा समाज जापानको तीज कार्यक्रम सम्पन्न

१७ भदौ, टोक्यो । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अबसरमा स्याङ्जा समाज जापानले आयोजना गरेको तीज कार्यक्रम भब्यतासाथ सम्पन्न भएको छ ।

सेप्टेम्बर १ तारिख आइतवार साँझ रोउगोकु नमस्ते रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा माया नेपाली संस्थाकी अध्यक्ष युको ओकामोतो मल्ल र भीम न्यौपाने लगायतले प्रस्तुती दिनुभएको थियो ।

syanja-samaj-2जापानमा रहेका नेपाली नारीहरुलाई बर्षभरिको थकान मेटाउने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी महिलाहरुको गीत र नृत्यले निकै रौनकता थपेको थियो । यसका साथै स्थानीय नेपाली कलाकारहरु सूर्य खड्का र भगवती उप्रेतीको प्रस्तुतीले थप रोमाञ्चक बनाएको थियो ।

दुवै मृगौला फेल भई हाल अस्पतालमा उपचार गराइरहेका स्याङ्जा थुमपोखराका लोकनाथ गैरेको उपचारमा सहयोग गर्ने उदेश्यसाथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलगत्तै बसेको वैठकले उठेको सवै रकम गैरेको उपचारका लागि पठाउने निर्णय गरेको छ ।

कार्यक्रम स्याङ्जा समाज जापानका अध्यक्ष जीवन न्यौपानेको सभापतित्व र महासचिव जीवन अर्यालेको संचालनमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment