Comments Add Comment

विमलको गोलमा नेपालले पाकिस्तानसँग अंक खोस्यो

१८ भदौ, काठमाडौं । अतिरिक्त समयमा युवा स्ट्राइकर विमल घर्तिमगरले गरेको गोलको मदतमा नेपालले पाकिस्तानसँग बराबरी खेलेको छ । मंगलबार साँझ भएको खेलमा घरेलु टोली नेपालले पाकिस्तानसँग १-१ गोलको बराबरी खेल्दै अंक खोसेको हो । नेपाललाई हारबाट जोगाएका विमल प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

bimal gharti magarबराबरीपछि २ खेलबाट ४ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । मंगलबार नै बंगलादेशसँग १-१ को बराबरी खेल्दै ४ नेपाल समान ४ अंक जोडेको भारत गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ । १ अंक जोडेको पाकिस्तान तेस्रो र समान अंक जोडेको बंगलादेश पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले १४ औं मिनेटमा अग्रता लिएको थियो । हसन वसिरले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका हुन् । पहिलो गोलपछि लगातार नेपाललाई दबावमा राखेको पाकिस्तानले केही मौका गुमाएको थियो ।

यो पनि पढ्नुस्

रंगशालामा युवा स्ट्राइकर विमल चम्किएपछि .. (फोटो फिचर)

२७ औं मिनेटमा नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । सन्दीप राईको फ्रिकिक पाकिस्तानी गोलरक्षकले उत्कृष्ट बताउ गरे । ३४ मिनेटमा नेपालले अर्को मौका खेर फल्यो । ४२ मिनेटमा भरत खबासको प्रहार असफल भयो ।

दोस्रो हापमा पनि राम्रो प्रदर्शन गरेको नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । ४९ जुमानु राई झण्डै वान भर्सेन वानमा चुके । एकपछि अर्को प्रयास असफल भएपछि प्रशिक्षक ज्याक स्टेफानोस्कीले ६३ औं मिेनटमा टंक बस्नेतको स्थानमा विमल घर्तिमगरलाई मैदान प्रवेश गराएका थिए । बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यू गरेका बिमलको यो पहिलो औपचारिक प्रतियोगिता थियो । ७३ औं मिनेटमा विमल गोल गर्न चुके । तर, निर्धारित ९० मिनेटपछि थपिएको ४ मिनेटको सुरुमा नै विमलले बराबरी गोल फर्काए । कप्तान सागर थापाको फि्रकिक बल पाकिस्तानी गोलरक्षकले पूर्ण रुपमा क्लियर गर्न नसक्दा पाएको मौकामा विमलले गोल गरेका हुन् । विमलको बराबरी गोल फर्काएपछि दशरथ रंगशालामा रहेका झण्डै १८ हजार दर्शक जुरुक्कै उठेका थिए ।

सेमिफाइनल प्रवेशको सम्भावना बलियो

अब नेपालले समूह चरणको अन्तिम खेल बिहीबार डिफेण्डिङ च्याम्पियन भारतसँग खेल्नेछ । भारतसँग बराबरी खेले नेपाल र भारत दुबै सेमिफाइनलमा पुग्नेछन् । पराजित भएमा भने पाकिस्तान र बंगलादेशको नजिता कुर्नुपर्छ ।

पाकिस्तान र बंगलादेशले बराबरी खेले नेपाल र भारतको नजिता जे भएपनि नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । बंगलादेश र पाकिस्तानको खेलमा कुनै एक टोली विजयी हुने र नेपाल भारतसँग पराजित भएको अवस्थामा भने हेड टु हेड र गोल अन्तरका आधारमा टुंगो लाग्नेछ ।

 

नेपाल र पाकिस्तानको खेलको लाइभ अपडेटको आर्काइभ हेर्नुस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment