Comments Add Comment

फडेरर यूएस ओपनमा पनि असफल भए

१८ भदौ, काठमाडौं । यूएस ओपन टेनिसको उपाधि छैटौं पटक जित्ने रोजर फेडेररको सपना चकनाचुर भएको छ । योसँगै फडेरर २००२ पछि पहिलो पटक कुनै पनि ग्राण्डस्लामको फाइनलसम्म पुग्न असफल रहे ।

३२ वर्षीय स्वीस फेडेरर चौथो चरणमा टोमी रोब्रेडोसँग ७–६, ६–३ र ६–४ को सेटमा पराजित भए । रोब्रेडोविरुद्ध फेडेररको खेल निकै खराव थियो । दुई महिना अघि फेडेरर विम्बल्डनको दोस्रो चरणमा पराजित भएका थिए । २००४ देखि ०८ सम्म लगातार पाँच पटक उपाधि जितेका फेडेररले १६ ब्रेक प्वाइन्ट पाएका थिए । जसमा उनले मात्र २ मा जित निकाले ।

फेडेररलाई पराजित गरेका स्पेनिस रोब्रेडोले भने क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । फेडेरर र रोब्रेडोबीचको खेल बर्षाका कारण प्रभावित भएको थियो । जसका कारण आर्थर ऐश स्टेडियमको सेन्टर कोर्टबाट लुई आर्मस्ट्रङ कोर्टमा सारिएको थियो । २००६ पछि पहिलो पटक फेडेरर यो कोर्टमा खेलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment