Comments Add Comment

रोकिँदैछ सचिन तेन्दुलकरको ब्याट ?

१८ भदौ, काठमाडौं । पछिल्लो दिनमा भारतका महान व्याट्सम्यान सचिन तेन्दुलकरले २ सय औं टेष्ट म्याचपछि अन्तराष्ट्रिय टेष्ट क्रिकेटबाट सन्यास दिने चर्चा बढेको छ । यसअघि उनले ट्वान्टी–ट्वान्टी, एकदिवसीय र इण्डियन प्रिमियर लिग आइपीएलबाट सन्यास लिइसकेका छन् ।

Sachin-Tendulkarसचिनले अहिलेसम्म १९८ टेष्ट खेलिसकेका छन् । उनले ५१ शतकसहित १५ हजार ८ सय ३७ रन बनाएका छन् । दक्षिण अफ्रिका भ्रमणका क्रममा सचिनको भारतीय टिममा उपस्थित महत्वपूर्ण छ । २०११ जनबरी २ मा सचिनले दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो शतक पूरा गरेका थिए । त्यसपछिका २१ टेष्ट म्याचमा भने उनी जम्न सकेका छैनन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने मास्टर ब्लास्टरलाई भारतमा नै २ सय औं टेष्ट खेलाउन चाहेको छ । यसै कारण भारतले वेष्टइण्डिजलाई २ टेष्ट र एकदिवसीय श्रृखलाका लागि भारत भ्रमणमा बोलाएको छ । बीबीसीआईको चिन्ता महान ब्याट्यम्यान राहुल द्रविड र भीभीएस लक्ष्मणले जस्तै मैदान नउत्रेर नै सचिनले पनि सन्यास घोषणा गर्ने त हैन भन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment