OnlineKhabar.com

दशैंमा खसी किन्ने कि किताव ?

दशैंलाई लक्षित गरी 'पुस्तक मेला' को तयारी

२०७० भदौ १८ गते ५:०६ मा प्रकाशित

१८ भदौ, काठमाडौं । यसपालिको दशैंमा कुखुराको मासुको अभाव हुने त छँदैछ, कुखुराहरु संहार भैसकेकाले खसीको मासुको मूल्य दशैंको मुखमा कति पुग्ने हो, अहिल्यै अनुमान लगाउन गाह्रो छ । सामान्य अवस्थामा पनि दशैंका बेला मासुको अभाव हुने भएकाले तिब्बतबाट च्याङ्ग्रा ओसार्नुपर्ने देशमा यसपालि ‘पशु बजार’को तयारी खासै नभए पनि दशैंलाई लक्षित गरी ‘पुस्तक बजार’को भने भव्य तयारी शुरु भएको छ ।

दशैंमा पुरानै कोट लगाएर नयाँ किताब किन्न चाहनेहरुका लागि साझा प्रकाशनले आगामी असोज १ गतेदेखि पोहोरजस्तै सभागृह परिसरमा पुस्तक मेला आयोजना गर्ने भएको छ । उक्त मेला र अगामी दशैंलाई लक्षित गरेर पुस्तक प्रकाशकहरुले एकसे एक लेखकका एकसे एक पुस्तक बजारमा ल्याउन लागेका छन् । लेखकहरुको सिर्जनात्मक भिडन्त रमाइलो हुने भएको छ ।

पुस्तक प्रकाशनमा सक्रिय फाइनपि्रन्टले यही पुस्तक मेलालाई लक्ष्य गरेर कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको अनुसन्धानमूलक कृति “प्रयोगशाला” समेत बजारमा ल्याउन लागेको छ । हाम्रो देश कसरी विदेशीहरुको प्रयोगशाला भइरहेको छ भन्ने कुराको विस्तृत जानकारी समेटिएको यो कृतिको पहिलो संस्करण नै ३० हजार प्रति छापिँदैछ । फाइनपि्रन्टले अहिलेसम्म प्रचार नगरे पनि यो कृतिले बिक्रीमा हरिवंश आचार्यको “चिना हराएको मान्छे” लाई पच्छ्याउने अनुमान प्रकाशन संस्थाको छ ।

दशैं अघि नै फाइनपि्रन्टले सुबिन भट्टराईको कथासंग्रह “कथाकी पात्र” को नयाँ संस्करण बजारमा ल्याउँदैछ । लेखक भट्टराईले पहिलो उपन्यास “समर लभ” युवापुस्ता माझ निकै लोकपि्रय भएकाले कथाकी पात्र पनि रुचाइने विश्वास प्रकाशन संस्थाले लिएको देखिन्छ । यसबाहेक फाइनपि्रन्टबाट सुरेश प्राञ्जलीको उपन्यास “तुइन”, प्रगतिशील चिन्तक झलक सुवेदीको उपन्यास “अष्टमीको जून” र सरुभक्तको “विज्ञान कथा” पनि दशैंअघि बजारमा आउने लाइनमा छन् ।

अर्को आक्रामक प्रकाशन संस्था सांगि्रलाले लोकपि्रय उपन्यासकार नयनराज पाण्डेको नयाँ उपन्यास “घामकिरी” यही भदौ २९ गतेबाट सार्वजनिक गर्दैछ । दुईदशक अघि मुम्बई बस्दा चर्चित भारतीय कलाकार पद्मिनी कोलापुरेसँगको आफ्नो प्रेम प्रसंगलाई पाण्डेले यस उपन्यासमा उतारेको बताइएको छ । त्यसैले पनि यो उपन्यास पाठक माझ निकै लोकपि्रय हुने अपेक्षा सांगि्रलाले गरेको छ ।

याम्बुरी बुक प्वाइन्टले चाहिँ कान्तिपुर दैनिक सम्बद्ध पत्रकार खगेन्द्र भण्डारीको महत्वाकांक्षी उपन्यास “मलाया एक्सप्रेस” लाई बजारमा उतार्दैछ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशिन विवश युवाहरुको भोगाइमा आधारित यो पुस्तकले बजारमा बाजी मार्ने विश्वास प्रकाशन संस्थाका कुयाङ लामाको छ ।

अर्को प्रकाशन संस्था ब्रदर बुक्सले चाहिँ आफ्नो महत्वाकांक्षी पुस्तक डा. भोला रिजालको आत्मकथा बजारमा ल्याउँदैछ । प्रगतिशील लेखक प्रदीप नेपालको उपन्यास “चरैवेति चरैवेति” पनि यही भदौ भित्रमा आउने बताइएको छ ।

आफ्नो पहिलो उपन्यास खेलौनाबाट चर्को आलोचना खेपेका लोकपि्रय गीतकार तथा पूर्वजर्नेल राजेन्द्र थापाले पनि बहुपति रोज्ने महिलामा आधारित उपन्यास ‘द्रौपदी’ बजारमा ल्याउने भएका छन् । डिकुरा पब्लिकेशनले बजारमा ल्याउन लागेको यो उपन्यासबाट लेखक थापाको राम्रै परीक्षा हुने अनुमान गरिएको छ ।

यसबाहेक रत्न पुस्तक भण्डार, साझा प्रकाशन, अर्किड, पाँचपोखरी, फिनिक्सलगायतका प्रकाशन गृहहरुले पनि आफ्ना रोज्जा कृतिहरु बजारमा पठाउँदै छन् । तीमध्ये बजारमा कसको कृति खरो उत्रिन्छ त्यो हेर्न भने केही साता कुर्नै पर्छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (६)
  • Pemba Sherpa लेख्नुहुन्छ    |   २०७० भदौ २६ गते १३:२५

    pustak ta sabai kinna man chha ni but budget le nadhanne!!!!!!!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

कविता: चिनाऊ विश्वमा नेपाललाई

गर्नु संघर्ष तिमीले, स्वतन्त्रता, इमान र इज्जतलाई ! राम्रो ब्यबहार गर्नु तिमीले, ठूला व्यक्ति, गरिबलाई !! नभुल्नु कहिल्यै तिमीले, लगनशिलता र परिश्रमलाई ! सदैब टाढा राख्नु तिमीले,...

कविता महोत्सव फागुन ४ मा

यस वर्षको राष्ट्रिय कविता महोत्सव आगामी फागुन ४ गते हुने भएको छ । महोत्सव नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने भएको  छ । प्रतिष्ठानले प्रत्येक वर्ष असार...

गजल

हरियो हुननपाई पातले झरेर जानै पर्ने अझै कति नेपालीले यहाँ मरेर जानै पर्ने, सिँहासन होस् या कुर्सी होस् चढे पछि जुकोले झैँ चुस्दै टन्न भुँडी भरेर...

‘महाशक्ति’को फोन

रातो भाले क्वाएँ क्वाएँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ... मेरो स्मार्ट फोनको विशेष रिङ टोन बज्यो । मलाई फोन गर्नेको नाम देखाउनुको...

कमलदेव भट्टराइको ‘सङ्क्रमणकाल’ बजारमा

२३ माघ, काठमाडौं । १२ बुँदे सहमतिदेखि संविधान निर्माण हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक घट्नाक्रमलाई विस्तृत एवम् व्याख्यात्मक रुपमा प्रस्तुत गरिएको पुस्तक ‘सङ्क्रमणकाल’ सार्वजनिक भएको...

कविताः गाई र हँसिया हथौंडा

-साङ्केन बान्तावा एक समय थुप्रै थिए तातो आरनमा अर्जापिएका हँसिया हथौंडा जसले काँढाहरु काटेर फूलै-फूल उमार्छौं भन्थे झोंडघारी फाँडेर गाउँबस्ती सिँगार्छौं भन्थे जड ऐतिहासिक...

कविताः ए जिन्दगी !

ए जिन्दगी ! एकैछिन् सुस्ताउन मन छ भारी छ आँखाभरि सपनाको भारी छ मुटुभरि चाहनाको ए जिन्दगी !...

कविताः हल्ला नगर

बुवा-आमाहरू, नखोक्नुस् बेस्सरी नगर्नुस् गनगन बोल्नैपरे काने खुसी गर्नुस् ।...

कविताः सरकार

मिलनकान्छा किराती कुन रङको समयले सेकेर सुक्दै गरेको पहेंलो अनुहार चाउरिएको चेतनाले के चलाइरहेछौ सेक्सी सरकार ? तिम्रा उखान-टुक्काको टाङ फाटेर ग्यास चुहियो र,...

बोस्टनमा ३४ औं “सिर्जना उत्सव” सम्पन्न

बोस्टन । अमेरिकाको बोस्टनमा हरेक महिना आयोजना  हुदै  आएको  साहित्यिक  कार्यक्रम “सिर्जना उत्सव” को ३४ औ शृंखला सम्पन्न  भएको छ । यसपटकको कार्यक्रममा डेढ...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित