Comments Add Comment

मलेशियामा २ सय २९ अवैध नेपाली कामदार पक्राउ

१८ भदौ, मलेशिया । अवैध कामदार धरपकड गर्ने अभियानअन्तर्गत मलेसियन सरकारले पछिल्लो २४ घन्टामा २ हजार ४ सय ३३ विदेशी कामदार पक्राउ गरेको छ ।

Malesia-2

देशभरि सञ्चालन गरिएका ४० अप्रेसनबाट ती कामदार पक्राउ परेका हुन् । प्रहरीले ८ हजार १ सय ५ जनामाथि छानबिन गरेको थियो । त्यसमध्ये अवैध भएको निश्चित भएपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ७ सय १७ इण्डोनेसियन, ५ सय ५५ बर्मेली, ३ सय ८७ बंगलादेशी र २ सय २९ नेपाली रहेका छन् । पक्राउ परेका बाँकीमा कम्बोडिया, भियतनाम, इण्डिया, पाकिस्तान, फिलिपिन्स, चीन, नाइजेरिया र थाइल्याण्डका छन् ।

मलेशियाले आइतबारबाट अवैध कामदार पक्राउ अभियान थालेको छ । यसका लागि सरकारले अध्यागमन विभाग, प्रहरी, सशस्त्र प्रहरी, रेला, सिभिल डिफेन्स, नेसनल रजिष्ट्रेसन डिपार्टमेन्टबाट २ हजार २ सय ७ कर्मचारी परिचालन गरेको छ । यो वर्षभरि अवैध कामदार हटाउने अभियान जारी रहने सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment