Comments Add Comment

एनआरएनमा महेन्द्र कंडेल निर्विरोध

लण्डन । धेरै जनमत र सदस्यसंख्या भएको गैर आवासीय नेपाली संघ युकेमा महेनद्र कंडेल निर्विरोध भएका छन् । निर्वाचन कार्यतालीका अनुसार डा. पुरुषोत्तम पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिले एकपक्षका उम्मेदवारहरुको टुंगो लगाएको छ ।  गत शनिबार निर्धारीत समयमा दुवै पक्षका शुभेच्छुकहरु छुट्टाछुट्टै उम्मेदवार छान्न भेला भएका थिए । साउथइष्ट लण्डनस्थित साउथ लण्डन कलेजमा एनआरएनए उपाध्यक्ष्ँ महेन्द्र कंडेलका समर्थकहरुले नयां निर्वाचन समिति मार्फत मनोनयन दर्ता गराए । त्यस्तै रेडिङस्थित एबिआइ कलेजमा योगेन क्षेत्रीका समर्थकहरुले पनि मनोनयन दर्ता गराएका थिए । दुबैपक्षमा निर्विरोध हुने सम्भावना बढेको छ । उम्मेदवारी दावी विरोको अन्तिम दिनसम्म पनि दुवै टिममा दावी विरोध नभएपछि सर्वसम्मत निर्वाचित हुनेछन् । यद्यपी सेप्टेम्बर १५ मा सर्वसम्मत भएको घोषणा गरीने निर्वाचन समितिहरुले जनाएका छन ।

साउथइष्ट लण्डनमा सम्पन्न उम्मेदवारी दर्ता प्रकृयामा अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष महेन्द्र कंडेलको मात्र उम्मेदवारी परेको थियो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा सुर्य नेम्बाङ, उपाध्यक्षमा हिराधन राई, संयोजकमा राज कुमार त्रिपाठीले उम्मेदवारी दिए।सहसंयोजकमा डम्बर लिम्बु र कोषाध्यक्षमा ठाकुर प्रसाद शर्माको उम्मेदवारी परेको छ ।
सदस्यमा तिल कुमारी लिम्बु, धर्म तामाङ, योगेश राई, मिन बहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ, बुद्घरिाम थापा मगर, ललीत न्यौपानेले उम्मेदवारी दिएका छन । ६ हजार बढि सदस्यता संख्या भएको एनआरएनए युकेको आइसीसी सदस्यमा कर्ण शाही, विज्ञ्ाान प्रसाई, विनोद ज्ञ्ाावली, तेज राई, कैलास नेपालले उम्मेदवारी दिएका छन । सेप्टेम्बर १५ मा उनीहरु सवै निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।

निर्वाचन समितिका संयोजक डा. पुरुसोत्तम पौडेलका अनुसार आवश्यकता अनुसार नै पदहरुमा उम्मेदवारी परेकोले सबै पदहरुमा निर्विरोध हुनेछ । युरोपको नेपालीपत्रसंग छोटो कुराकानी गर्दै कंडेलले एनआरएन युकेलाई काउन्सीलको अवधारण अनुरुप अगाढि लैजाने बढाउने बताए । उनले संघसंस्था तथा क्षेत्रगत आधारमा प्रतिनिधिहरु सम्मिलित गराई एनआरएनलाई बृहत खाका दिने जानकारी दिए । आगामी सेप्टेम्बर १५ गते प्लमस्टेडमा हुने महाधिबेशनमा उपस्थित हुन कंडेलले सम्पुर्ण संघ संस्थाका प्रतिनिधिहरुलाई आव्हान समेत गरेका छन ।

यस्तै रेडिङमा भएको उम्मेदवारी दर्ता प्रकृयामा अध्यक्ष पदका लागि सल्लाहकार योगेन क्षेत्रीको उम्मेदवारी परेको थियो । त्यस्तै उपाध्यक्षद्धयमा कृष्ण तिमिल्सीना र क्या. बालकृष्ण गुरुङ, महासचिवमा योगकुमार फगामी, कोषाध्यक्ष्ँमा दासु पाण्डे र सह संयोजकमा संगिता मरहठ्ठाले उम्मेदवारी दिए । त्यस्तै शुष्मा लिम्बु, थर्कसेन, पशुपति भण्डारी, विजन भट्ट र सुरेन्द्र बहादुर श्रेष्ठले आइसीसी सदस्यमा मनोनयन दर्ता गराएका थिए । सदस्यहरुमा क्या. हरी बहादुर थापा, गोपाल बहादुर गुरुङ, अर्जुन कुमार कटुवाल, जयप्रकाश गुरुङ, राम बहादुर गलामी, भीम गुरुङ, फणिन्द्र भट्टराईले उम्मेदवारी दर्ता गराए । प्रस्तावक र समर्थकको खांचो भएकोले नौ जना सदस्य रहने एनआरएनमा सात जनाको मात्र उम्मेदवारी परेको छ । सहभागिहरु निराशाजनक थिए । कम उपस्थितिका कारण उम्मेदवार नै पुगेनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment