Comments Add Comment

एनआरएनए यूएईको दुबई, फुजिरा र अल ऐन क्षेत्रिय अधिवेशन सकिए

उत्तम अधिकारी

अबुधावी । महाधिबेसन मिति नजिकिदै गर्दा आफ्ना ३ वटा क्षेत्रीय समितिहरुको अधिबेसन एकैदिन सम्पन्न गरी एनआरएनए यूएईले सम्पूर्ण ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित गरेको छ । आगामी १३ सेप्टेम्बरका दिन हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको महाधिबेसनलाई लक्षित गरि संघले आफ्ना ७ वटै क्षेत्रीय समितिहरुको अधिबेसन गत शुक्रवार समापन गर्यो । क्षेत्रीय अधिबेसनको लागि अन्तिम दिन तोकिएकोले ३० अगस्तका दिन संघले दुबई, फुजिरा र अल ऐन क्षेत्रीय समितिमा उक्त कार्य सम्पन्न गरेको हो । १७ जना केन्द्रीय महाधिबेसन प्रतिनिधि चयन गर्दै बरदुबईमा आयोजित दुबई क्षेत्रको भेलाले दामोदर दाहाललाई अध्यक्षमा निर्बिरोध निर्वाचित गर्दै ९ सदस्यीय कार्य समिति गठन गरेको छ ।1

उक्त भेलाले सो क्षेत्रीय समितिको उपाध्यक्षमा मो.फारुक अंसारी, सचिवमा सुरेश पाण्डे, कोशाध्यक्षमा सिता भुर्तेल तथा सदस्यहरुमा क्रमशः हिसामुद्दीन अलि, अम्बर बहदुर गुरुङ, यादब अर्याल, सन्दिप शर्मा र रेशम भटराईलाई चयन गरेको छ । प्रथम चरणको औपचारिक कार्यक्रम संघका अध्यक्ष चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा संघकै सचिव गोपाल कंडेलको संचालनमा र निर्वाचन समितिका संयोजक अर्जुन दाहालको अध्यक्षतामा निर्वाचन सम्बन्धि दोश्रो चरणको कार्यक्रम निमेष गिरीको संचालनमा सम्पन्न भएको थियो ।

त्यसैगरी सोहि दिन अल ऐनमा भएको सो क्षेत्रको अधिबेसनले धर्मराज सुबेदीको नेतृत्वमा ७ सदस्यीय समिति निर्वाचित गर्दै ११ जनालाई केन्द्रीय महाधिबेसन प्रतिनिधि छनौट गरेको छ । संघका उपाध्यक्ष बिकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघकै अर्का उपाध्यक्ष कृष्ण प्रसाद भुसाल, प्रवासी नेपाली संघका उपाध्यक्ष श्याम पाठक, नेपाली समाजका उपाध्यक्ष भेसराज ढकाल लगायत अतिथि रहेका थिए । निर्वाचन समितिका सचिव उत्तम अधिकारीको रोहवरमा सम्पन्न निर्वाचन प्रकृया मार्फत उक्त क्षेत्रको उपाध्यक्षमा पदम महत, सचिव आसारम दहित, कोषाध्यक्ष खर्क पंचेन तामांग, सह सचिव गुरु पंगेनी, सदस्यहरु रामचन्द्र अधिकारी र बैकुण्ठ अधिकारी निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष दधिराम पाठकको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

संघको फुजिरा क्षेत्रीय समितिको अधिबेसन पनि गत शुक्रबारकै दिन सम्पन्न भएको छ । फुजिराको कर्नेस कल्बा पार्कमा संघका महासचिव सन्तोस प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेसन बाट १५ सदस्यीय कार्य समिति गठन गरेको छ । नबराज पौडेलको नेतृत्वमा गठित उक्त समितिको उपाध्यक्षमा कृष्ण गिरी, सचिबमा बिष्णु प्रसाद अधिकारी, सह-सचिबमा बीर बहादुर चौधरी तथा कोशाध्यक्षमा बालानाथ नेपाल र सदस्यहरुमा निल गिरी, करन पुन, चन्द्र बहादुर खड्गी, डेग बहादुर गुरुङ, जगत रसाइली, सन्जीब कुमार यादव, कृष्ण भट्ट, बिष्णु बहादुर धानुक, पदम गाउले र भुपाल सिङ्ग तमाङ्ग रहेका छन् । कार्यक्रममा नेपाली जनप्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेलको आतिथ्यता रहेको थियो । उक्त क्षेत्रबाट २ जना मात्रै केन्द्रीय महाधिबेसन प्रतिनिधि चुनिएका छन् ।

संघको आबुधाबी, शारजाह, अजमान र रास अल खेमा क्षेत्रीय समितिको अधिबेसन यस अघि नै सम्पन्न भईसकेको छ । सम्पूर्ण क्षेत्रीय समितिहरु बाट १० बराबर १ को अनुपातमा लगभग ८० जना महाधिबेसन प्रतिनिधिहरु चयन भएको निर्वाचन समितिले बताएको छ । यस बाहेक केन्द्रीय समिति र केन्द्रीय सल्लाहकारहरु स्वत: महाधिबेसन प्रतिनिधि हुने व्यवस्था संघले मिलाएको छ । महाधिबेसनमा उम्मेद्वारहरु सर्व सम्मत हुन नसकेका खण्डमा महाधिबेसन प्रतिनिधिहरुले मतदान मार्फत चयन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment