+
+

सम्भोगका फाइदै फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १८ गते १२:१७

यौन सम्बन्ध केवल यौन सुख, भावनात्मक सामिप्यता तथा खुसी युगल जिवनका लागि मात्र आवश्यक छैन यसका अन्य विभिन्न खाले फाइदा पनि छन् । सम्भोगले यौनसुख तथा मानसिक सन्तुष्टी मात्र होइन विभिन्न खाले शारीरिक लाभ समेत प्रदान गर्छ । पहिलो फाइदा त सेक्सले मानिसलाई तनावबाट मुक्ति दिलाउँछ । सम्भोगका बेला एन्डोफिर्न हर्मोन उत्पादन हुन्छ । जसले मस्तिष्कलाई रिल्याक्स पार्छ र तनाव कम गराउँछ ।

111

नियमित सम्भोगले मानिसको सरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । नियमित सम्भोगले विभिन्न खाले जिवाणुसँग लड्ने सरीरको क्षमतामा वृद्धि हुन्छ । यसले सरीरमा रोग प्रतिरोधी कोषिका एन्टीबडीको उत्पादन बढाउँछ जसले सरीरमा रोगको संक्रमण फैलिने खतरा कम हुन्छ ।

सम्भोगले निद्रामा सन्तुलन पनि ल्याउँछ । निद्रा कम लाग्ने मानिसहरुका लागि मीठो निद्रा ल्याउन सम्भोग कामयावी हुन्छ ।

हालैको एक अध्ययनले मुटुको स्वास्थ्यका लागि समेत सम्भोग निकै फलदायी हुन्छ । जो मानिस हप्तामा कम्तिमा २ पटक सम्भोगमा लीन हुन्छन् उनीहरुमा हृदयाघातको जोखिम कम हुने शोधकर्ताहरुको भनाइ छ ।

महिलाहरुको महिनावारीमा आउने अनियमितता तथा गडबडीलाई सन्तुलनमा ल्याउन समेत नियमित सेक्स सहयोगी हुन्छ । सम्भोगले सरीरमा हर्मोनको सन्तुलन गराउने भएकाले यसले महिनावारीको बेला हुने दुखाइ, ऐँठन तथा अन्य समस्या पनि कम गर्छ ।

सेक्सले सरीरका खासगरी हिप्स तथा कम्मरको मांशपेशीलाई मजबुत बनाउन सहयोग गर्छ ।

सौन्दर्य विज्ञहरुका अनुसार महिलाको सुन्दरतामा सम्भोगको ठूलो भुमिका हुन्छ । नियमित सम्भोग गर्ने महिलाहरुको सुन्दरता सम्भोग नगर्ने वा कम गर्ने महिलामा भन्दा बढ्दा हुन्छ । सम्भोगका दौरान एस्ट्रोजोन हर्मोनको उत्पादन बढ्ने भएकाले यसले छाला तथा कपालको सुन्दरतामा वृद्धि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?