Comments Add Comment

अधिकारी दम्पतिको अनसन तोडाउने सरकारी प्रयास विफल

१९ भदौ, काठमाण्डौ । छोरा कृष्णवहादुर अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको अनसन तोडाउने सरकारी प्रयास बुधवार पनि असफल भएको छ । अधिकारी दम्पतिको अनसन तोडाउन बुधवार विहानै चिव कृष्णहरी बाँस्कोटाको नेतृत्वमा वीर अस्पताल पुगेको प्रधानमन्त्री कार्यालयका ससरकारी उच्चअधिकारी सम्मिलित टोलीको प्रयास पुन: विफल भएको हो ।

 nandalal-gangamayaमंगलवार सर्वोच्च अदालतले अधिकारी दम्पतीलाई अनसन तोड्न लगाउन अनुरोध गर्ने, नभए जबरजस्ती खाना खुवाउन अन्तरिम आदेश दिएको थियो । आदेश लगत्तै अधिकारी दम्पतीको अनसन तोडाउन प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, गृह मन्त्रालयका सचिव नवीन घिमिरेलगायत सरकारी अधिकारीहरुको टोली मंगलवार राति अनसनस्थल वीर अस्पताल पुगेको थियो । मंगलवार राति नै अधिकारी दम्पतिलाई भेट्ने कार्यक्रम रहेको भए पनि वीर अस्पताल प्रशासनले समय नदिएपछि सरकारी उच्च अधिकारीको टोली बुधवार विहान वीर अस्पताल पुगेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाँस्कोटाको नेतृत्वमा रहेको सरकारी टोलीले वीर अस्पतालको आइसियु कक्षमा उपचाररत अधिकारी दम्पतीलाई भेटी खाना खान र जीवन बचाएर न्यायका लागि सङ्घर्ष गर्न आग्रह गरहेको थियो ।

तर, अधिकारी दम्पतीले आफ्ना छोराको हत्यमा संलग्नमाथि कारबाही नभएसम्म आफूहरुले अनसन नतोड्ने जवाफ फर्काएका थिए। सचिव बास्कोटाले अधिकारी हत्यामा संलग्नहरुमाथि अनुसन्धान भइरहेको भन्दै अनसन तोड्न आग्रह गर्नु भएको थियो । खाना खान नमाने पनि बाँस्कोटाले अधिकारी परिवारलाई न्याय दिलाउन र जीवन रक्षा गर्न सरकारको पहल जारी रहने बताउनुभयो ।

अस्पतालका चिकित्सक डा. बुलन्द थापाले बाहिर चर्चामा आएजस्तो अधिकारी दम्पतीको स्वास्थ्यस्थिति गम्भीर नभएको जानकारी दिनु भयो । अस्पताल परिसरमा मानवअधिकारवादी र द्वन्द्वपीडितले अधिकारी दम्पतीले न्याय पाउनुपर्ने माग राखी अधिवक्ता दिनेश त्रिपाठी, द्वन्द्वपीडित सावित्री श्रेष्ठलगायतका धर्नामा बसिरहनु भएको छ । अधिकारी दम्पति ४४ दिनदेखि आमरण अनसन बस्दै आउनुभएको छ ।

सरकारले अनुसन्धान नरोक्ने

सरकारले अधिकारी हत्याको अनुसन्धान कार्य चलिरहेको वताएको छ । अधिकारी हत्याका सम्बन्धमा अनुसन्धान जारी रहेको र अनुसन्धान कार्य नरोकिने मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखबरलाई जानकारी दिनुभयो । यद्यपी मंगलवार  अध्यक्ष रेग्मीलाई भेटेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारी हत्याको अनुसन्धान अघि नबढाउन आग्रह गर्नुभएको थियो । तर, सरकारले अनुसन्धान स्थगन नगरेको गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment