Comments Add Comment

माल्दिभ्स र अफगानिस्तान सेमिफाइनलमा

१९ भदौ, काठमाण्डौ । माल्दिभ्स र अफगानिस्तान साफ च्याम्पियनसिप फुटलको सेमिफाइनल प्रवेश गरेका छन् । श्रीलंका र भुटान भने लगातार दोस्रो हारसंगै प्रतियोगिताको पहिलो चरणवाटै बाहिरिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सले अली अस्फाकको ४ गोलको मदतमा भुटानलार्इ ८-२ गोल अन्तरले पराजित गरेको छ । १५ औँ मिनेटमा अली फहिरले माल्दिभ्सलार्इ अग्रता दिलाए पनि भुटानले २५ औँ मिनेटमा पासाङको गोलबाट बराबरी गरेको थयो । राम्रो खेल प्रस्तुत गरेको भुटानले ३५ औँ मिनेटमा छेन्चोको गोफबाट अग्रता लिएको थियो ।

तर, पहिलो हापका अन्त्यमा अलीलाइ फल गरेपछि भुटानका गोलरक्षक रातोकार्ड खाँदै बाहिरए भने मिल्दभ्सले फ्रिकिक पायो । जसमा मोहम्मद उमरले गोल गरेपछि पहिलो हाप २-२ को बराबरीमा सकियो । दोस्रो हापमा भुटानमाथि हावी भएको माल्दिभ्सले गोलको वर्षा नै गरेको थियो । अलीले ४८,५१,७५ र ७९ मिनेटमा गरी ४ गोल गरे भने फहिर र अली उमरले १-१ गोल गरेपछि माल्दिभ्स ८-२ को जितका साथ समूह चरणको खेल अघि नै अन्तिम चारमा पुगेको छ ।

बुधवार भएको अर्को खेलमा अफगानिस्तानले श्रीलंकालाई ३-१ गोलअन्तरले पराजित गर्यो । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा अग्रता भने श्रीलंकाले खलेको ३६ औँ मिनेटमा महोम्मद फजलको गोलवाट लिएको थियो । तर दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको अफगानिस्तानले खेलको ६२ औँ मिनेटमा बराबरी गोल फर्कायो । खेल बराबरीमा ल्याउने क्रममा महोम्मद राफीको कर्नर प्रहारस सिधै गोलमा परिणत भएको थियो ।

यस्तै खेलको ७६ औँ मिनेटमा फाक्रुदिनले अफगानिस्तानलाई २-१ को अग्रता दिलाए । त्यसको १० मिनेटपछि नै अफगानिस्ताका हास मातुल्लाहले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment