Comments Add Comment

विधान सम्मत अधिबेशन गर्नेले मान्यता पाउँछ : लामिछाने

कृष्ण प्रकाश श्रेष्ठ

मस्को । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समितिहरुमा देखिएको विवादमा केन्द्रले हस्तक्षेप नगर्ने बताउनु भएको छ ।  आइतवार एनआएन रुसको साधारणसभालाई सम्बोधन गर्दे  उहाँले आईसीसीको विधान सम्मत रुपमा अधिबेशन सम्पन्न गर्ने राष्ट्रिय समन्वय परिषदलाई मात्र मान्यता दिने तर त्यो भन्दा पर गएर हस्तक्षेप गर्न मिल्दैन केन्द्रीय अध्यक्ष जीवा लामिछानेले सबैले केन्द्रको निर्दैशन मान्नु पर्नेमा विशेष जोड दिनु भयो । jiba-lamichhane

 गैरआवासीय नेपाली अभियानको उद्गमस्थल रुस रहेको चर्चा गर्दै उहाँले विश्वको अरु कुनै देशको पनि गैरआवासीय नेपाली संघजस्तो संगठन आफुले नदेखेको बताउदै नेपाली जनताको तर्फवाट सद्भाव र नेपाल सरकारबाट पनि विश्वमा छरिएर रहेका सबै नेपालीहरुको साझा संस्थाको रुपमा यस संगठनले संस्थागत मान्यता पाईरहेको चर्चा गर्नु भयो ।

 उहाँले प्रत्येक राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्वायत्त संस्था भएको कुरामा जोड दिदै हरेक दुई वर्षमा सम्पन्न गरिने निर्वाचन धेरैजसो देशमा सर्वसम्मतिबाट र कतिपय देशहरुमा प्रजातान्त्रिक तरीकाले बहुमतबाट राष्ट्रिय समन्वय परिषद् गठन गरिएको बताउनुभयो । उहाँले  सबै एनसीसीहरु स्वायत्त संस्था हुनाले आइसीसीले निर्वाचनको अनुगमन गर्नुका साथै आफ्नो विधानअनुसार काम गरे नगरेको पर्यवेक्षण मात्र गर्ने कुरा स्पष्ट पार्नु भयो ।

 आईसीसीले विधान सम्मत रुपमा अधिबेशन सम्पन्न गर्ने राष्ट्रिय समन्वय परिषदलाई मात्र मान्यता दिने तर त्यो भन्दा पर गएर हस्तक्षेप गर्न नमिल्ने कुरामा केन्द्रीय अध्यक्ष जीवा लामिछानेले विशेष जोड दिनुभयो । उहाँले आईसीसीले आफ्नो विधानको सीमाभित्र रहेर काम गरिरहेको जनाउदै केही देशहरुमा देखिएको अहिलेको विवादलाई समाधान गर्न हर प्रयासहरु भईरहेको जानकारी गराउनु भयो ।

लामिछानेले आफ्नो मन्तव्यमा विभिन्न च्यारिटी कार्य र लगानी लगायत यस कार्य समितिले गरेका अन्य कार्यहरुको पनि संक्षेपमा प्रकाश पार्दै सामुहिक लगानीका योजनाको सुरुवात भएकोले आउने दिनहरुमा यसले अवश्य निरन्तरता पाउने बताउनुभयो । लामिछानेले आईसीसीका योजनाहरुमा सबैतिरबाट उत्साहका साथ सहयोग आइरहेको छ भन्दै गैरआवासीय नेपाली संघ रुसले स्थापना कालदेखि अहिलेसम्म प्रस्तुत गरिरहेको एकबद्धता अरुका लागि उदाहरण बन्न सक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment