Comments Add Comment

अधिकारी दम्पतीलाई ‘फोर्स फिडिङ’ ठीक कि बेठीक ?

डेढमहिनादेखि वीर अस्पतालको शैय्यामा आमरण अनशनमा बसेका गोरखा फुजेलका अधिकारी दम्पतीलाई जवरजस्ती (फोर्स फिडिङ ) जबजस्ती खाना खुवाएर भए पनि उनीहरुको जीवनरक्षा गर्नु भनी सर्वोच्च अदालतले आदेश सुनाएको छ । अदालतले सुनाएको आदेशलाई कसैले समर्थन गरेका छन् त कसैले विरोध ।

सर्वोच्च अदालतले यसरी जबरजस्ती गर्न नमिल्ने केहीको तर्क छ भने सरकारले माग पूरा गर्छु भन्दाभन्दा पनि खाना खान नमान्ने अधिकारी दम्पतीलाई मृत्यु हुन नदिनु सरकारको दायित्वभित्र पर्ने केही मानिसहरुको तर्क छ । आफ्ना छोराका हत्यारामाथि कारवाहीको माग गर्दै अनशन बसेका अधिकारी दम्पत्तिलाई जबर्जस्ती खाना खुवाउनू भन्ने सर्वोच्च अदालतको आदेशलाई तपाई कसरी लिनुहुन्छ ?nandalal-gangamaya

१. मन्त्रिपरिषद अध्यक्षले नै भेटेर माग पूरा गर्ने बताइसक्दा पनि अनशन नतोड्नु, मूर्खता हो । अदालतको आदेश ठीक छ, राज्यसँग ढीट गरिरहेका अधिकारी दम्पतीलाई ‘फोर्स फिडिङ’ गराउनुपर्छ ।

२. आफ्ना छोराको हत्याको वेदनाले उनीहरु ज्यान फाल्न तयार भएका हुन् । त्यसैलेे उनीहरुको मागअनुसार सरकारले हत्यारालाई समातोस्, उनीहरुले अनशन सहजै तोड्छन् । राज्यले जबजर्स्ती गर्न मिल्दैन ।

३. अधिकारी दम्पती कसैका गोटी बनेका छन् । द्वन्द्वकालीन घटनालाई लिएर उनीहरुलाई उचाल्ने काम भएको हुनाले उचाल्नेहरुले निर्दोष बूढाबूढीको ज्यान जोखिममा पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment