Comments Add Comment

सैनिकलाई भियग्रा खुवाउने सरकारको निर्णय

कुनैपनि देशको सरकारले आफ्नो सेनालाई युद्धमा पोख्त बनाउनका लागि तालीम र विकाशका अवसर दिएर चुस्त तथा दहि्रलो बनाउँछ । तर इजरायलको प्रतिरक्षा मन्त्रालयले भने देशका सैनिकलाई यौनवर्धक औषधी भियग्रा खुवाउन निर्देशन दिएको छ ।

viagra_2657384b

ससस्त्र बलका लडाकु सैनिकहरुको क्षमता बढाउन भन्दै प्रतिरक्षा मन्त्रालयले भियग्रा आपूर्ति गर्न निर्देशन दिएको बताइएको छ । प्रतिरक्षा मन्त्रालय अन्तरगतको चिकित्सा विभागले १ सय मिलि ग्रामका १२ सय ट्याब्लेट स्लाइडनाफिल सिट्रेट औषधि किन्नका लागि टेण्डर जारी गरेको छ । यो औषधि भियग्राको एक महत्वपूर्ण अंश हो ।

समाचारका अनुसार युद्धभूमिका खटिएका सैनिकहरुमा आफ्नो जिवनको यौन दुर्वलताका कारण मनमा खिन्नताबोध नहोस् र उनीहरु आत्मविश्वासका साथ रणमैदानमा खटियून भनेर यस्तो उपाय अपनाइएको हो । खासगरी उत्तेजनाको समस्या रहेका सैनिकहरुलाई यो भियग्रा खुवाइनेछ ।

प्रतिरक्षा मन्त्रालयले पछिल्लोपटक सेनाका लागि खरीद गर्न भन्दै १०५ वटा वस्तुको सूचि सहित बोलपत्र आह्वान गरेकोमा त्यसमध्ये एक यो यौनवर्धक चिज भएपछि धेरै आश्चर्यमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment