OnlineKhabar.com

निद्राले बनाउँछ तेजिलो दिमाग

२०७० भदौ १९ गते १२:५७ मा प्रकाशित

1111वैज्ञानिकहरुले निद्राले मस्तिष्कका कोषको पुनर्निर्माणमा सहयोग गर्ने तथ्य पत्ता लगाएका छन् । निद्रा किन आवश्यक छ ? भन्ने कुराको खोजमा जुटेका वैज्ञानिकहरुले निद्राको एक अर्को फाइदा पत्ता लगाउँदै यसले मस्तिष्कका स्नायु कोषको बाहिरी खोल निर्माणमा सहयोग गर्ने कोषिकाहरु बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएका हुन् । माइलिन नामक उक्त स्नायु खोलले स्नायुको सुरक्षा गर्नुका साथै स्नायुले संवेदना प्रसार गर्ने गतिमा पनि वृद्धि गर्छ ।

अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा अध्ययन गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । पछिल्लो खोजको सहायताले मानिसमा मस्तिष्कको विकाशमा निद्राको भूमिका तथा विभिन्न खाले मस्तिष्कजन्य रोगका विषयमा अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको शोधकर्ताहरुको भनाइ छ ।

शोधकर्ताहरुका अनुसार माइलिन नामक स्नायु खोलको निर्माण गर्ने प्रमुख तत्वको रुपमा रहेको ओलिगोडेन्ड्रोसाइटको उत्पादन निद्राको समयमा बढि हुन्छ । अनुसन्धानको क्रममा मुसालाई जागै राखिरहँदा मस्तिष्क कोषको मृत्यु तथा तनाव चेतना पैदा गर्ने जिनहरु सक्रिय भएको पाइयो । अर्थात् पर्याप्त निद्रा नलिँदा मस्तिष्कका कोष मर्दै जाने, मरेका कोषको ठाउँमा नयाँ कोषको निर्माण कम हुने र तनाव समेत बढ्ने निष्कर्ष शोधकर्ताहरुको छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (८)
  • Chetan Neupane लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ८:०६

    yo kura alli gadbadh 6 jasto lag6 malai ta kina bhane nidauda man6e al6i hun6 bhanne lagdaina hajurlai ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • nawaraj sapkota लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते १५:४४

    k football khelnu ra goal khane khelnu pr6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • Janga Bahadur Rana लेख्नुहुन्छ    |   २०७० भदौ २५ गते १७:०३

    Teso chahi hoina mitra yi paschima haru dherai batha vayera …sabai lai sutayera aafu nasuti nasuti bikash garna khojya hun … tesaile dherai sutera alxi hunu vanda thikka sutnu ani ..maja le aafno kaam ma dhyan dinu.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

आमाको मोटोपनले गर्भको बच्चामा हुन्छ गम्भीर समस्या

मधुमेह तथा अधिक वजन भएका महिलाहरुलाई केवल गर्भावस्थामा समस्या आउने मात्र होइन हुनेवाला बच्चामा पनि निकै नकारात्मक असर पुगिरहेको हुन्छ । एक नयाँ शोध...

अध्ययन भन्छ: मरेपछि पनि सँगै हुन्छन् जिवनसाथी

के तपाइँलाई थाहा छ, तपाइँलाई एक्लै छाडेर मृत्युवरण गरेको तपाइँको जिवनसाथी मृत्युपछि पनि तपाइँ साथै रहन्छ । एक नयाँ अध्ययन अनुसार यो कुराको खुलासा...

जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकामा फैलिरहेको जिका भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संकटकालको रुपमा घेाषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसको समस्या...

कति वजन भएकाले कति पानी पिउने ?

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति...

अध्ययन भन्छः सोझा सिधा महिलाले लुकिछिपी हेर्छन् पोर्न फिल्म

बेलायतको एसेक्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले महिलाहरुको बारेमा रहेको आम धारणा विपरितको तथ्य पत्ता लगाएको छ । शोधकर्ता गरुल्फ रेगरले गरेको अध्ययन अनुसार...

जिमखानामै सम्भोग गर्छन् एक चौथाई बेलायती

सयमा पच्चिस जना बेलायतीहरुले व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा भएको छ । झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५ प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी...

महिलाले मन पराउँछन् खाना पकाउने पुरुष

हाम्रोे समाजमा खाना पकाउने अर्थात् भान्सा सम्हाल्ने काम महिलाको हो भन्ने मान्यता छ र यो काम गृहिणी महिलाकै काँधमा हुन्छ । घरमा खाना पकाउने...

सिँगारपटारको भुत चढेपछि ८ वर्षे बालकले आफैलाई केटी बनाए

तस्वीरमा देखिएको मानिस केटा हो की केटी, छुट्टाउन सक्नुहुन्छ ? केटीजस्तै लाग्छ होइन ? वास्तवमा यी ८ वर्षका बालक हुन् । उनमा जिउको मेकअप...

अब भिडियो एक्सरेबाटै पत्ता लगाउन सकिन्छ पाठेघरको क्यान्सर

वैज्ञानिकहरुले पाठेघरको क्यान्सर पत्ता लगाउन सकिने एक नयाँ किसिमको अल्ट्रासाउण्ड प्रविधि विकाश गरेका छन् । यो प्रविधिमार्फत क्यान्सरको खतराको पूर्वसूचना प्राप्त गर्न सकिन्छ ।...

खाना लगत्तै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक

गर्मी मौसममा चिसो पानी पिउन निकै मज्जा लाग्छ तथा जिउलाई आनन्द पनि मिल्दछ । कोही मानिसको बानी नै हुन्छ, खानासँगै वा खाना लगत्तै पानी...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित