Comments Add Comment

कार्की र टमटा सर्वोत्कृष्ट

१९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कर्मचारी प्रशासन शाखाका प्रमुख इन्द्रबहादुर कार्की र तालिम तथा प्रशिक्षण विभागमा कार्यरत क्रिकेट मुख्य प्रशिक्षक जगत टमटा सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट बुधबार सम्मानित भएका छन् ।

त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समितिका नायब वरिष्ठ बक्सिङ प्रशिक्षक प्रचण्ड शर्मा र सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत धर्मराज ओझा उत्कृष्ट कर्मचारी चुनिए । कास्की जिल्ला खेलकुद विकास समितिकी भलिबल प्रशिक्षक कौशिला खत्री र परिषद्को निजी सचिवायलयका सुरक्षा गार्ड लक्ष्मण महतले परिषद् सेवा पुरस्कार प्राप्त गरे ।

सर्वोत्कृष्टलाई समान २५-२५ हजार, उत्कृष्टलाई १५-१५ हजार र परिषद् सेवाबाट पुरस्कृतलाई १०-१० हजार नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरियो । तीन विधामा पुरस्कृत ६ मध्ये ३ प्राविधिक र ३ प्रशासनतर्फका कर्मचारी हुन् । वर्ष २०६९ को कार्य मुल्याङ्कनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

राखेपको स्वर्ण महोत्सवको अन्तिम दिन बुधबार राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठ, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य-सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले उनीहरुलाई टीका/खादा लगाइ दिनुका साथै नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । परिषद्मा २० वर्ष सेवा पूरा गरेका ३६ र २५ वर्ष सेवा गरेका ५१ गरी जम्मा ८७ जना विभिन्न तहका कर्मचारीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment