Comments Add Comment

सीसीआरसी र ट्रिनिटी फाइनलमा

१९ भदौ, काठमाडौं । सीसीआरसी र ट्रिनिटी चौथो बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् । गल्र्समा साइपाल एकेडेमी र गोल्डेनगेटले फाइनल यात्रा तय गरे ।

सीसीआरसीले टाइम्सलाई ६७-३८ ले पराजित गर्‍यो । विजेताका किरण पुनले २६ अंक जोडे । टि्रनिटीले प्राइमको चुनौती ४२-२८ ले समाप्त पार्‍यो । टि्रनिटीका सन्देश तामाङले १६ स्कोर गरे ।

गल्र्सको सेमिफाइनलमा साइपालले आयोजक बर्नहार्टलाई ४५-१० ले निराश पार्‍यो ।साइपालको जितमा उपमा पाखेरेलले १२ अंक योगदान गरिन् । प्राइम विरुद्धको खेलमा गोल्डेनगेट २२-१० ले विजयी भयो । गोल्डेनगेटकी विना नकर्मीले १४ अंक बटुलिन् । फाइनल बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment