Comments Add Comment

हजुरबाले फलाए ६ फिटको लौका (फोटोफिचर सहित)

तपाइँलै कति लामो लौका देख्नुभएको छ ? कति लामोसम्म लौका फलाउनुभएको छ ? एक जना हजुरबाले ६ फिट लामो लौका फलाएका छन् ।

बेलायतको क्याम्बि्रजस्थित आफ्नै करेसाबारीको हरितगृहभित्र यी ७२ वर्षे हजुरबा ले यति लामो राक्षस लौका फलाए । लुका एनोटोनियो पुपोलो नामका हजुरबाले फलाएको लौका यस्तो गतिमा बढ्दै गयो ती त्यसले हरितगृहको सिसा नै फुटाएर बाहिर निस्किने सुरसार गर्न थाल्यो । त्यसपछि उनले सिसाको पाता नै हटाएर तन्किँदै गरेको लौकालाई अझै तन्किने मौका दिए । एउटा मात्र होइन अरु लौका पनि उत्तिकै बढ्दै गएका छन् ।

g-o

आफुले लौकालाई यसरी बढाउनका लागि कुनै औषधि प्रयोग नगरेको भन्दै उनले गृष्मकालीन तातो हावाका कारण यस्तो प्रभाव परेको र लौका यतिविधि बढेको विश्वास उनको छ । पहिले जुत्ता सिलाउने काम गर्ने पुपोलो इटालियन मूलका हुन् । उनले केही महिनाअघि लौकाका बिउ ल्याएर सिसाको घरभित्र रोपेका थिए । उनको यो ६ फिटको लौकाले रेकर्ड तोड्न भने सकेन । विश्वमा अहिलेसम्म सबैभन्दा लामो तरकारी फलाउने किर्तिमान क्यानडाका गुर्डिएल सिंह कनवालको नाममा छ । उनले सन् २००५ मा ७ फिट ५ इन्चको तरकारी फलाएका थिए ।

g-1

g-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment