२० भदौ, काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावको घोषणा पत्रका लागि सुझाव दिन सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।
घोषणा पत्र तयारी समितिका संयोजक एवं उपसभापति रामचन्द्र पौडेल जिल्ला सभापतिहरुलाई पत्र पठाएर भदौ २७ गते भित्र केन्द्रमा आइपुग्ने सुझाव पठाउन आग्रह गर्नु भएको हो । पत्रमा जिल्लामा सुझाव तयार गर्दा सम्भव भएसम्म सबै प्रमुख नेता कार्यकर्ताबीच छलफल गर्न भनिएको छ ।