Comments Add Comment

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखि

२० भदौ, काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा चौथो प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा प्याब्सन मध्य क्षेत्रीय समिति मातहतका १७ विद्यालयका ३१ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष युधिष्ठिर पौड्यालले जानकारी गराए । ब्वाइजमा १७ र गल्र्समा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धागर्ने कार्यक्रम संयोजक पुष्पराज खनालले जानकारी दिए । दुवै समूहका सहभागी टिमलाई समान ४-४ समूहमा विभाजन गरिएको छ ।

ब्वाइजको समूह ‘ए’ मा पेनउड एकेडेमी, लोयला उमावि, काठमाडौं इङलिस स्कुल (केइएस) अक्सिडेन्टल पब्लिक हाइ स्कुल र स्नो एपेक्स तथा समूह ‘बी’ मार्वलस इङलिस स्कुल, मैतीदेवी बोर्डिङ स्कुल, द स्पाङगल र ब्लुमिङ बर्डस् इन्टरनेसनल स्कुल रहेका छन् । त्यस्तै समूह ‘सी’ मा हेम्स, अल्बर्ट इङलिस बोर्डिङ स्कुल, मार्टियर्स स्कुल र सूर्योदय इङलिस हाइ स्कुल तथा समूह ‘डि’ मा आनन्दभूमि बोर्डिङ हाइ स्कुल, क्याभास स्कुल, एसियन पब्लिक स्कुल र ब्लु स्काइ पब्लिक स्कुल छन् ।

गल्र्सको समूह ‘ए’ मा पेनउड, सूर्योदय र हेम्स तथा समूह ‘बी’ मा केइएस, क्यानभास, मार्टियर्स र ब्लु स्काइ छन् । स्पाङगल, अल्बर्ट र एसियन समूह ‘सी’ तथा लोयला, आनन्दभूमि, मार्वलस र मैतीदेवी समूह ‘डि’ मा रहेका छन् । समितिमा ३२ विद्यालयको आबद्धता रहेको अध्यक्ष पौड्यालले जानकारी दिए । आबद्ध विद्यालय मध्ये पालैपालो कुनै एक विद्यालयमा प्रतियोगिता सञ्चालन गर्ने चलन रहदै आएको छ ।

चौथौ संस्करकरणका खेलहरु रातोपुलस्थित हेम्स स्कुलमा हुनेछन् । पहिलो संस्करण मार्वलस,मैतीदेवी, दोश्रो सूर्योदय, डिल्लीबजार र तेश्रो आनन्दभूमि, मैतीदेवीमा भएको थियो । ब्वाइज र गल्र्स दुवै समूहमा पेनउड डिफेन्डिङ च्याम्पियन हुन् । पहिलो संस्करणको उपाधि सूर्योदयले जितेको थियो । त्यसमा ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । दोश्रोको ब्वाइजमा डेनेब र गल्र्समा केइएसले उपाधि हात पारेका थिए ।

आयोजकका अनुसार आठदिने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ४० हजार रुपैयाँ खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment