Comments Add Comment

साइपाल र ट्रिनिटी च्याम्पियन

२० भदौ, काठमाडौं । साइपाल एकेडेमी र ट्रिनिटी इन्टरनेसनल कलेजले चौथो बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । साइपाल गल्र्स र टि्रनिटी ब्वाइजतर्फ च्याम्पियन बने ।

बल्खुस्थित आयोजक बर्नहार्टको कोर्टमा सम्पन्न गल्र्सको फाइनलमा साइपालले गोल्डेनगेटलाई ४३-२२ ले पराजित गर्‍यो । साइपालको जितमा शान्ति श्रेष्ठले १७ अंक योगदान गरिन् । पहिलो क्वाटरमा १४-२ को अग्रता लिएको साइपालले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । साइपालले दोश्रोमा ७-५, तेश्रोमा ९-४ र चौथोमा १३-११ को प्रदर्शन गर्‍यो ।

ब्वाइजको फाइनलमा ट्रिनिटीले सीसीआरसीको चुनौती ५९-५१ ले पन्छायो । विजेताका सन्देश तामाङले २० अंक जोडे । पहिलो क्वाटरमा १७-१० को अग्रता लिएको ट्रिनिटी दोश्रोमा १३-१७ ले पछि पर्‍यो । तेश्रोमा पनि ट्रिनिटी १५-१७ ले पछाडि रह्यो । चौथोमा ट्रिनिटीले १४-७ अंक जोड्दै उपाधि निश्चित गर्‍यो ।

सन्देश ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । गल्र्समा सो उपाधि साइपालकी उपमा पोखरेलले हात पारिन् । भदौ २ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा ९ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक किरण महर्जनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment