Comments Add Comment

राप्रपाले चुनाव प्रचारमा फेसबुक र ट्वीटरलाई प्रयोग गर्ने

२० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चुनावको प्रचारमा फेसबुक र ट्वीटरलाई पनि प्रयोग गर्ने भएको छ । प्रचार विभागको बिहीबार बसेको बैठकले चुनावको प्रचारमा आक्रामक र प्रभावकारी शैली अपनाउने निर्णय गरेको हो ।

यसक्रममा फेसबुक, ट्वीटर, एमएमएसदेखि छापा, विद्युतीय र अनलाइन सञ्चार माध्यमहरुलाई प्रयोग गरिने बताइएको छ । बैठकले केन्द्रीय सदस्य किरण गिरीलाई समितिको सहसंयोजक तोकेकेा छ भने पार्टी र २ सय ४० वटै निर्वाचन क्षेत्रको सम्पर्कका लागि इलेक्सन इलेक्ट्रोनिक सेल स्थापना गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment