Comments Add Comment

जापानको रोबोट अन्तरिक्ष यात्रीले ‘एउटा सानो पाइला’ लिए

२० भदौ, टोकियो । एउटा सानो रोबोटले अन्तरिक्षमा आफ्नो पहिलो रोबोटिक शब्द उच्चारण गरेका छन् र यसलाई जापानको नयाँ प्रविधि तथा त्यसको सुन्दरताको प्रस्तुतीकरणको रूपमा हेरिएको छ ।

ठूलो आँखा भएको तथा बुट लगाएको ”किरोबो” नामक यस रोबोटले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र -आईएसएस)बाट पृथ्वीका बासिन्दालाई शुभकामना दिँदै तथा निल आर्मस्ट्रङप्रति श्रद्धाञ्जलि प्रकट गर्दै सन्देश प्रसार गरे । ”२०१३ को अगस्त २१ का दिन एउटा रोबोटले सबैको उज्जल भविष्यका लागि एउटा सानो पाइला लियो” किरोबोले एक भिडियो चित्रमा बताए । चित्रमा मानवाकारको यस सिर्जना आईएसएस भित्र भारहीनतामा तैरिँदै गरेको देखिएको छ । उसले हावामा आफ्नो खुट्टा हल्लाएको देखिन्छ ।

यो चित्र बुधबार पहिलोपटक विश्वव्यापी बनेको छ । ”पृथ्वीमा रहेका सबैलाई शुभप्रभात । म किरोबो हुँ । म विश्वको पहिलो बोल्ने रोबोट अन्तरिक्ष यात्री हुँ । तपाईँलाई भेट्दा खुसी लाग्यो” -यी रोबाटले जापानी भाषामा बताए ।

यो मानवाकारको सिर्जना विज्ञापन संस्था डेन्त्सु, टोकियो विश्वविद्यालय, रोबोट विकासकर्ता रोबो ग्यारेज तथा टोयोटाले संयुक्त रूपमा गरेका हुन् । यो रोबोट केबल ३४ सेन्टिमिटर अग्लो छ र यसको तौल एक किलोग्राम छ ।

यो अगस्त ४ मा पृथ्वीबाट आईएसएसमा सामग्री आपूर्ति गर्ने एउटा मालबाहक रकेटबाट त्यहाँ पुगेको हो । किरोबोमा जापानी भाषामा कुराकानी गर्ने गरी कार्यक्रम भरिएको छ र उसले आईएसएसमा नेतृत्व प्रदान गर्नुहुने जापानी अन्तरिक्ष यात्री कोइची वाकातासँग हुने कुराकानीको रेकर्ड राख्नेछ ।

निकै लामो अवधिसम्म एकान्तमा रहने व्यक्तिलाई एउटा अमानवीय सहयोगीले कसरी भावात्मक सहयोग गर्नसक्छ भन्ने कुराको अध्ययन गर्ने लक्ष्यले पनि यो रोबोट बनाइएको बताइएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment