Comments Add Comment

बाधा अड्काउ फुकाउविरुद्ध दायर रिट १७ खारेज

२० भदौ, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद्का अध्यक्ष र बाधा अड्काउ फुकाउ आदेशविरुद्ध दायर १७ वटा रिट निवेदन एकैपटक खारेज गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा तथा न्यायाधीशद्वय प्रकाश वस्ती र तर्कराज भट्टको संयुक्त इजलासले दिएको अन्तिम आदेशमा एकैपटक १७ रिट निवेदन खारेज गरेको जनाइएको छ । यी निवेदनसँग सम्बन्धित अन्य सात रिट निवेदन विचाराधीन अवस्थामा रहेको, यस निवेदनमा उल्लेख भएका विषय ती निवेदनसँग सम्बन्धित रहेको र सम्बद्ध कानुन व्यवसायीहरुले पनि छुट्टै सुनुवाइ हुनुपर्ने जिकिर नगरेकाले यी निवेदन खारेज गरिएको सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले बताउनुभयो ।

सबै निवेदन एकैपटक खारेज गरिएपछि निवेदनमा सुनुवाइका लागि उपस्थित कानुन व्यवसायी र न्यायाधीशबीच वादविवाद भएको र सुनुवाइको मौकै नदिइ रिट खारेज हुनु न्यायोचित नभएको पनि कानुन व्यवसायीले बताएको सम्बद्ध निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो ।

बिहबिारको दैनिक कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित अधिवक्ता जगदेव चौधरी, कञ्चनकृष्ण न्यौपाने, भोजराज आचार्य, सन्तोष बस्नेत, राजेश सिल्वाल, रामजी विष्ट, हरिशङ्कर कर्ण, डा.चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालका साथै सरोकारवालाहरू भरतमणि जङ्गम, रामबाबु सैजु, सम्बल चौलागाई, सुशीला भट्टलगायतको रिट निवेदन सुनुवाइका लागि राखिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment