OnlineKhabar.com

अब नेपाल आउने विदेशीका लागि भिसा शुल्क बढ्ने

२०७० भदौ २१ गते १:३७ मा प्रकाशित

२१ भदौ, काठमाण्डौं । ठूला र शक्तिशाली मुलुकले नेपालीसँग चर्को भिसा शुल्क लिन थालेपछि सरकारले पनि भिसाशुल्क बढाउन गृहकार्य थालेको छ ।

अमेरिकी र युरोपेली मुलुकका नेपालस्थित दूतावासको आम्दानीको मुख्य स्रोत उनीहरुले लिने भिसा शुल्क बनेको छ । ती मुलुकले एक सय ६० अमेरिकी डलर (१७ हजारभन्दा बढी रुपैयाँ) देखि चारसय ५० अमेरिकी डलर ( ४८ हजारभन्दा बढी रुपैयाँ) सम्म भिसाशुल्क लिने गरेका छन् । त्यसको तुलनामा विदेशमा रहेका नेपाली दूतावासले लिने भिसाशुल्क निकै सस्तो रहेकाले पुनरवलोकन गर्न सरोकार निकायबीच छलफल भइरहेको छ ।

अध्यागमन विभागले नेपाल प्रवेश गर्ने पर्यटकका लागि १५ दिनको २५ अमेरिकी डलर (दुई हजार सात सय), ९० दिनको लागि एकसय अमेरिकी डलर (१० हजार आठसय) सम्म भिसाशुल्क लिने गरेको छ । तर अमेरिका जाने नेपालीले सबैभन्दा छोटो भ्रमणका लागि एक सय ६० अमेरिकी डलर र बेलायत जानेले एक सय २० स्टर्लिङ पाउन्ड (१६ हजार दुई सय रुपैयाँ) भिसा शुल्क तिर्नुपर्छ ।

यसरी विदेशमा जानका लागि भिसाशुल्क बढी तिर्नु पर्ने भएकाले नेपालले पनि बढाउन लागेको हो । त्यसका लागि मित्रराष्ट्रहरुसँग कुटनीतिक पहल भइरहेको परराष्ट्रका प्रवक्ता दीपक धितालले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित