Comments Add Comment

राष्ट्रपतिद्वारा लामिछानेलाई प्रवल जनसेवाश्री पदक प्रदान

२१ भदौ, काठमाण्डौ । गणतन्त्र दिवसका अबसरमा नेपाल सरकारले घोषणा गरेका बिभिन्न मान पदवी बुधबार प्रदान गरिएको छ ।

यसैक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष एवं उद्यमी जीवा लामिछाने प्रवल जनसेवाश्री पदकबाट बिभुषित हुनुभएको छ । बुधबार शितलनिवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादवले लामिछानेलाई पदकले बिभुषित गर्नुभयो ।

यसक्रममा राष्ट्रपति यादवले लामिछानेसहित १ सय ३६ जनालाई सुशोभिष गर्नुभएको छ ।

president-and-jiba-lamichhaसुशोभित हुनेमा राष्ट्रसेवक, विशिष्ट व्यक्तित्व र समाजेवीलगायत हुनुहुन्छ । राष्ट्रपतिभवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति डा यादवले ‘सुकीर्तिमय राष्ट्रपदीय’ बाट चार, ‘सुप्रबल जनसेवाश्री’ बाट ५२, ‘प्रबल जनसेवाश्री’ बाट ६४ र ‘जनसेवाश्री’ बाट १६ जनालाई सुशोभित गर्नुभयो ।

‘सुकीर्तिमय राष्ट्रपदीय’बाट सुशोभित हुनेमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति किरण मानन्धर, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्ल, प्रधानसेनापति गौरवशम्शेर जबरा र नेपाल राष्ट्र बैकका गभर्नर डा युवराज खतिवडा हुनुहुन्छ । यस्तै वयोवृद्ध स्वामी चेतानन्द गिरी, नायक राजेश हमाल, समाजसेवी पुष्पाबस्नेत लगायतलाई पनि विभूषित गरियो ।

समारोहमा उपस्थित हुन नसकेकाहरुलाई पछि गृह मन्त्रालयबाट पदवी उपलब्ध गराइनेछ । गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा १५६ जनालाई विभूषित गर्ने घोषणा गरिएको थियो । समारोहमा उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ अधिकृतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment