Comments Add Comment

मुर्रे यूएस ओपनको क्वाटरफाइनलबाटै बाहिर

२१ भदौ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन बेलायती एण्डी मुर्रे यूएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । उनी स्विट्जरल्याण्डका स्टेलिसलास वावरिन्कासँग ६–४, ६–३ र ६–२ को साझो सेटमा पराजित भएका हुन् ।

खेलमा वावरिन्काले आक्रमक टेनिस प्रदर्शन गरेका थिए । पहिलो सेट ६–४ ले जितेका उनी रोकिएनन् र दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारे । तेस्रो सेट उनका लागि झन ्सहज भयो । साविककको विजेता मुर्रे निकै हताशमा थिए, जसको फाइदा उठाउँदै उनले ६–२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरे ।

२८ वर्षीय वावरिन्का कुनै पनि ग्राण्डस्लामको सेमिफाइनलमा पहिलो पटक पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment