OnlineKhabar.com

प्रचण्ड र उपेन्द्रको मोर्चाबन्दीप्रति शरतसिंह बेखुश

२०७० भदौ २१ गते ६:४६ मा प्रकाशित

२१ भदौ, काठमाडौं । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालबीचको चुनावी तालेमल प्रस्तावप्रति असन्तुष्टी जनाउनु भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल नेपालको हालै बसेको बैठकले चुनावी तालमेलमा प्रचण्ड नेतृत्वको एमाओवादीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

saratsingh bhandariमधेशी पत्रकार संघको टोलीसँग कुराकानी गर्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष भण्डारीले भन्नुभयो–‘एमाओवादी र फोरम नेपालको मोर्चामा मलाई विश्वास छैन । यदि भयो भने त्यसमा मेरो विमती छ ।’ उहाँले आफ्नो पार्टी, फोरम नेपालसहितका ८ दलको संघीय लोकतान्त्रिक मोर्चा नेपालमा रहेका दलहरुबीच नै तोलमेल गर्नु पर्ने बताउनु भयो ।

भण्डारीले महन्थ ठाकुर र विजयकुमार गच्छदारसँग पनि मोर्चाबन्दी र चुनावी तालमेल नगर्ने बताउनु भयो । ‘महन्थ र विजयको सरकारी मोर्चासँग तालमेलका लागि हामीलाई दबाव छ’ भारततर्फ संकेत गर्दै उहाँले भन्नुभयो–‘तर हामी मधेसमा एउटै मोर्चा बनाउने पक्षमा छैनौं । विकल्पका रुपमा हाम्रो मोर्चा रहनुपर्छ । यसले जनतालाई जान्न सजिलो हुन्छ ।’

राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष भण्डारीले चुनावी तालमेलबारे आफ्नो पार्टी र फोरम नेपालबीच छलफल सुरु भइसकेको समेत जानकारी दिनुभयो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

रिजवान अन्सारी संघीय समाजवादी फोरमबाट निस्कासित

१ फागुन, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको हित र नीति विपरित काम गरेकाले...

होटलमा रात काट्न आफ्नै दिदी आएपछि

अप्सरा तिम्सिना   एक्कासि उनलाई शुक्रबार फोन आयो । तर, त्यो फोन शनिबार आउनुपर्ने थियो । उनले सेड्युल मिलाएकी थिइन्, हरेक बार कहाँ जाने...

बाणिज्य बैंकको सीईओमा पाँच जना सिफारिस

१ फागुन, काठमाडाैं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको रिक्त्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जनाको नाम सिफारिस भएको छ । अर्थ मन्त्रालयका...

२१ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१ फागुन, काठमाडौं । माओवादीहरुले आज २१ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको...

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ

१ फागुन, काठमाडौ । विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने...

फिफाका पूर्वमहासचिव भाल्कमाथि १२ वर्षे प्रतिवन्ध

१ फागुन, काठमाडौं । फिफाले पूर्वमहासचिव जेरोमी भाल्कमाथि फुटबलसवन्धी सम्पूर्ण गतिविधिमा संलग्न हुन नपाउने गरी १२ वर्षे प्रतिवन्ध लगाएको छ । फिफाको इथिक्स कमिटीले...

दोस्रो टी-२० मा भारतले श्रीलंकालाई हरायो

१ फागुन, काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा भारतले श्रीलंकालाई ६९ रनले हराएको छ । यससागै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ ।...

प्रधानमन्त्री ओली र मोदीबीच फागुन ८ गते भेटवार्ता तय

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । ओली फागुन ७ गते...

प्रधानमन्त्री भारत जानु अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । प्रधानमन्त्रीको आहृवानमा शुक्रबार तीन दल र...

भारतसँग राष्ट्रहित विपरित सम्झौता नगर्न ओलीलाई दलहरुको सुझाव

२९ माघ, काठमाडौं । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुले भारत भ्रमणमा राष्ट्रहित विपरित कुनै सम्झौता नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित