Comments Add Comment

रामचन्द्र पौडेल र अशोक राईबीच पाँचबुँदे सहमतिमा हस्ताक्षर

२१ भदौ, काठमाण्डौं । उच्चस्तरीय राजनीतिक समिति र संविधानसभाको निर्वाचनप्रति असन्तुष्ट रहेको संघीय समाजवादी पार्टीबीच पाँच बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै संघीय समाजवादी पार्टी निर्वाचनमा सहभागी हुने भएको छ ।

ramchandra-ashokदुईपक्षबीच पटकपटक भएको वार्ता र आन्तरिक छलफलपछि अन्तिम सहमतिस्वरुप पाँचबुँदे सहमति भएको हो । नयाँ बानेश्वर स्थित समितिको कार्यालयमा दुई पक्षबीच आज विहान सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर पत्रमा समितिका तर्फबाट समितिका तर्फबाट रामचन्द्र पौडेल र संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हस्ताक्षर गर्नुभएको हो ।

दुई पक्षबीच भएका पाँच बुँदे सहमतिः

१. दोस्रो संविधानसभा निर्वाचनका लागि प्रतिनिधि संख्या अनुपात र प्रतिनिधित्व २०६४ सालकै संविधानसभाको कायम हुने व्यवस्था गर्न राष्ट्रपति र मन्त्रिपरिषदलाई आग्रह गर्ने ।
२. विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहभागितामा सर्वदलीय बैठक राख्न सरकारलाई अनुरोध गर्ने ।
३. यसअघि भएका सहमतिका आधारमा अधिकतम अन्य सहमति तयार गर्न प्रयास गर्ने ।
४. विदेशमा भएका नेपालीहरुले पनि मतदान गर्ने विषयमा कानुनी व्यवस्था गरी पहल सुरु गर्ने ।
५. संघीय समाजवादी पार्टीले आन्दोलन फिर्ता लिई मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा भाग लिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment