OnlineKhabar.com

बाबुले छोरालाई विष खुवाए

२०७० भदौ २१ गते ३:२४ मा प्रकाशित

२१ भदौ, रोल्पा । रोल्पामा एक बाबुले आफ्नै छोराको हत्या गर्ने प्रयास गरेका छन् ।

पश्चिम रोल्पाको राङसी-२ घर भई सदरमुकाम लिबाङस्थित सुर्खेती डाँडा डेरा गरी बस्ने टेकबहादुर पुनले बिहीबार आफ्नै आठ वर्षीय छोरालाई विष सेवन गराई हत्या गर्ने प्रयास गरेका हुन् ।

दुईवटी विवाह गरेका पुनले कान्छी श्रीमतीलाई कोठामा छाडेर छोरालाई सुलिचौर घुमाउन लैजाने बहाना बनाएर लिबाङ ६ आर्मी ब्यारेक नजिक मानिस नभएको घरमा विषादी खुवाएर त्यही छोडी भागेका थिए ।

सुनसान घरमा आठ वर्षीय बालकलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाए लगत्तै बालकलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि भर्ना गरेको थियो ।

छोरालाई विषादी खुवाउने टेकबहादुर भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित