Comments Add Comment

औलो रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्न आवश्यक

२१ भदौ, नेपालगन्ज । मानिसको ज्यानै लिन सक्ने औलो रोग नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड रहेको छ ।

तथ्याङ्कअनुसार मुलुकको ६५ जिल्ला औलो -मलेरिया) रोगको जोखिममा रहेकामा इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर गरी १३ जिल्ला भने उच्च जोखिममा छन् ।

सोलुखुम्बु, भक्तपुर, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालीकोट, मुगु र सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलोमुक्त जिल्लामा पर्दछन् । सरकारले अन्य जिल्लामा जस्तै बाँकेमा पनि औलो रोग नियन्त्रणका लागि सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा औलोको जाँच र उपचार गर्ने व्यवस्था मिलाएको छ भने नियन्त्रणका लागि लामखुट्टे मार्ने कीटनाशक औषधि छर्ने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २००६ मा बाँकेको फत्तेपुर, होलिया र गङ्गापुरमा महामारीका रुपमा फैलिएको औलो रोगबाट ३३ जनाको मृत्यु भएपछि यस जिल्लामा औलो रोग नियन्त्रणको विशेष अभियान नै सञ्चालन गरिँदै आएको छ । त्यसपछि भने सो रोगबाट कसैको मृत्यु भएको छैन ।

जिल्लाका औलो रोग प्रभावित २० गाविसमध्ये जोखिममा रहेका फत्तेपुर, लक्ष्मणपुर, कालाफाँटा, कोहलपुर र रझेना गाविसमा समेत रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment