Comments Add Comment

उम्मेदवार सिफारिस गर्न पनि निर्वाचन !

२१ भदौ, म्याग्दी । नेकपा एमाले म्याग्दीले संविधानसभा निर्वाचनका लागि आठजना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

सदरमुकाम बेनीमा बुधबार र बिहीबार बसेको जिल्ला कमिटी बैठकमा उम्मेदवारका आकाङ्क्षीबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ पाँचजनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ पूर्वजिविस सभापति नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सदस्य मुना बानिया सिफारिसमा पर्नुभएको छ ।

बिहीबार राति भएको मतदानमा शर्माले ३६ र श्रेष्ठले ३० मत प्राप्त गरी उम्मेदवारका लागि छनोटमा पर्नुभएको हो भने महिला कोटामा बानियाँलाई निर्विरोध सिफारिस गरिएको निर्वाचन मण्डलका संयोजक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी समानुपातिकतर्फ निर्वाचनमार्फत नै मत परिणामको आधारमा नरदेवी पुन, तर्क केसी, खुमबहादुर बानिया, केदारप्रसाद अधिकारी र डाक्टर हुमबहादुर बरुवाल सम्भावित उम्मेदवारका लागि छनोटमा पर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment