Comments Add Comment

घोषित संविधानसभाको निर्वाचन कसैले रोक्न सक्दैन : खनाल

२१ भदौ, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर ४ गतेका लागि घोषित संविधानसभाको निर्वाचन कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

jhalanathप्रेस चौतारी नेपाल पर्साले आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले जनताले अहिले विकास, स्वतन्त्रता र स्वाभिमान चाहेका तथा उनीहरूको यो चाहना निर्वाचनले मात्र पूरा गर्न सक्ने भएकाले निर्वाचनलाई कसैले चाहेर पनि रोक्न सक्दैन् भन्नुभयो ।

घोषित निर्वाचनको मिति सार्ने र सरकार परिवर्तनबाहेक अरू विषयमा नेकपा-माओवादीलगायत असहमत दलहरूसँग लचिलो हुन सकिने बताउँदै खनालले आम नेपालीले चाहेको संघीय लोकतान्त्रिक संविधानका लागि बिनासर्त निर्वाचनमा भाग लिन असहमत दलसँग अपिल पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment