Comments Add Comment

राष्ट्रिय राजनीतिको मुख्य एजेन्डा नै निर्वाचन : प्रचण्ड

२१ भदौ, वीरगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको घोषित संविधानसभाको निर्वाचनलाई सफल बनाउनु नै राष्ट्रिय राजनीतिको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।

prachandaक्रान्तिकारी पत्रकार संघ पर्साले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो -‘जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उपयुक्त विधि र प्रक्रिया नै संविधानसभा निर्वाचन भएकाले यो ऐतिहासिक अवसरलाई सबैले सदुपयोग गर्नुपर्दछ ।’

घोषित मिति मै निर्वाचन हुने भन्दै उहाँले भन्नुभयो-‘मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि सम्पूर्ण प्रक्रिया सुरु भइसकेकाले निर्वाचन हुने सुनिश्चित भइसकेको छ, त्यसैले अब सबैले निर्वाचनलाई नै केन्द्रबिन्दु बनाएर आफ्ना कार्यक्रमहरू अगाडि बढाउनुपर्छ ।’

अध्यक्ष प्रचण्डले मुलुक यतिखेर इतिहासको अग्निपरीक्षामा रहेको चर्चा गर्दै तथाकथित बहिष्कारको नाममा जनताविरुद्ध चालिने षड्यन्त्र उसका आफ्नै लागि आत्मघाती हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘वैद्य र हामीसँगै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याऔँ, अब त्यसलाई संस्थागत गर्ने बेला आएको छ, त्यसैले हामी सबै मिलेर संविधानसभाको निर्वाचन सफल बनाऔँ र निर्वाचनमा सहभागी होऔँ भन्ने हाम्रो चाहना छ’

असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन आफूहरुले पहल जारी राखेको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment