OnlineKhabar.com

नक्कली र सक्कली मह कसरी छुट्याउने ?

काठमाडौंमा राष्ट्रिय मह महोत्सवको तयारी

२०७० भदौ २१ गते ६:०९ मा प्रकाशित

२१ भदौ, काठमाडौं । के तपाई शहरमा बसेर मौरीको मह किन्दै हुनुहुन्छ ? मौरीको चाकामा चिनी मिसाइएको वा चिनीको घोलमा दुईचार वटा मौरी मारेर हालेको या बट्टाभित्रै मिसावट गरिएको महबाट तपाई वाक्क हुनुभएको छ भने पक्कै पनि तपाईलाई चिन्ता लागिरहेको हुनुपर्छ, मह शुद्ध छ कि छैन भनेर कसरी थाहा पाउने होला ?

maha-1राष्ट्रिय सभागृहमा प्रथम राष्ट्रिय मह महोत्सवको तयारीमा लागिरहनुभएका केन्द्रीय मह व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठ मह र मौरीबारे यसरी रोचक कुरा सुनाउनुहुन्छ :

– मह शुद्ध छ कि छैन भनेर थापा पाउने विभिन्न तरिका छन् । शुद्ध महको थोपा पानीमा चुहाउँदा रेसा नबनी थपक्कै पिँधमा पुग्छ भन्ने गरिन्छ । त्यसैगरी सिक्कामा मह दलेर पछाडिबाट टुकीमा सेकाउँदा चिनी मिसाइएको मह बल्छ, शुद्ध महमा आगो लाग्दैन । त्यस्तै शुद्ध मह कुकुरलाई दियो भने खाँदैन भन्ने पुरानो मान्यता छ । तर, अचेलका कुकुरले जे पनि खान सक्छन् । अनुभवी मान्छेले मह शुद्ध छ कि छैन भन्ने चाखेर पनि सहजै थाहा पाउन सक्छन् । महको शुद्धता थाहा पाउने वैज्ञानिक गरिका चाँहि ल्याबमा गरिने परीक्षण नै हो ।

– नेपालमा पाइने परम्परागतरुपमा पालिने गरेको मौरीको जात एप्पीस सेरेना हो । यो मौरी नेपालमा करिब १ लाख २५ हजार घार रहेको हुनमान गरिएको छ । व्यवसायिकरुपमा पालन गरिँदै आएको मौरी चाहिँ युरोपियन जातको हो । यो जातका मौरी नेपालमा लगभग ३५ हजार घार रहेको अनुमान छ ।

– महको मूल्य पनि मौरीको जात अनुसार फरक-फरक हुन सक्छ । हाइ अट्टीच्युडको हिमाली मह प्रतिकिलो १५ सय रुपैयाँ भन्दा बढी पर्छ । जबकी मेलिफेरा मौरीको मह ४ सय ५० वा ५ सय रुपैयाँसम्म पर्छ । भीरमौरीको मह पनि अरु महभन्दा निकै महंगो हुन्छ कठ्यौरीको मह त प्रतिकिलो ४ हजार रुपैयाँमा पनि किन्न पाइँदैन । थोरै हुने भएकाले कठ्यौरीको मह जसले काढ्छ उसैले खाइहाल्छ ।

maha-2

– मह उत्पादन गर्ने मौरीका विभिन्न जातमध्ये उज्यालोमा बस्ने र अँध्यारोमा बस्ने दुईवटा जात हुन्छन् । उज्यालोमा बस्नेसँग पनि रानी हुनछ, तर त्यसलाई पाल्न सकिँदैन । अँध्यारोमा बस्नेलाई मात्रै पाल्न सकिन्छ । कठ्यौरी, भीर मौरी र खागोले उज्यालोमा मह लगाउँछन् भने अन्य मौरीले अँध्यारोमा ।

– नेपालमा उत्पादन हुने मह नर्वेसम्म जान गरेकोमा हाल गइराखेको छैन । नेपालमा उत्पादित मह नेपाललाई नै पुगिराखेको छैन । तर, नेपालमा मह उत्पादनको राम्रो सम्भावना छ ।

– चिउरीको फूलबाट उत्पादन हुने महलाई विश्वमा अर्गानिक मह मानिन्छ । तर, चिउरीको महलाई भारतले ‘इण्डियन बटर ट्री’ को नामबाट पेटेन्ट राइट दर्ता गरेको छ । नेपालमा पनि महाभारत श्रृंखलामा चिउरीको मह उत्पादन हुने गरेको छ र यसको व्यवसायिक उत्पादनको एक करोड किलोसम्म उत्पादन हुन सक्छ । हाल नेपालमा वार्षिक १८ लाख किलो मात्रै मह उत्पादन भइरहेको छ । अहिले नेपालमा भारत र चीनबाट समेत महको आयात भइरहेको छ ।

– महका विभिन्न परिकारहरु बनाइन्छ । मह, मौरी र मेनको महत्व पनि छुट्टाछुट्टै छ । विदेशमा मौरीको विष संकलन गरेर औषधिको रुपमा समेत प्रयोग गर्ने गरिएको पाइन्छ । मौरीलाई टोकाएर उपचार गर्ने चिनियाँ पद्दति निकै प्रचलित छ । विशेष गरी नशासम्बन्धी रोगको नियन्त्रणका लागि मौरीको विष प्रयोग हुन्छ । मौरीको चाका वा मैन जुत्ताको पोलिस, मूर्तिहरुको धलौट लिपस्टिक, क्रिम आदिमा प्रयोग हुन्छ ।

bee-hunters

– मौरीको चाकाबाट मह निकालिसकेपछि त्यसलाई पेलेर पुनः चाका बनाउने ठाउँमा मौरीलाई राखिदिन सकिन्छ । त्यसो गरियो भने मौरीलाई चाका बनाउने शुरुदेखिको झन्झट गरिरहनुपर्दैन र छिटै मह उत्पादन गर्न सक्छ ।

– मौरीलाई एकैठाउँमा राखेर पालिरहँदा धेरै मह लगाउन सक्दैन । त्यसैले मौरीका घारहरु मौसम अनुसार सारिराख्नुपर्छ । तर, विगतमा यसरी मौरी पालकहरुले घार लिएर जंगल छेउछाऊ जाँदा कतिपय ठाउँमा माओवादीले पनि पैसा मागेर दुख दिएको तीतो अनुभव व्यवसायीहरुसँग छ । मौरकिा घार राति सार्नुपर्ने भए पनि संकटबालका बेला सेनाले दुख दिएकाले दिउँसै सार्दा मौरी मरेर व्यवसाय नै चौपट बन्यो ।

– मौरी पालक किसान तथा मह व्यवसायी संगठनहरु पनि धेरै खुल्न थालेका छन् । केन्द्रीय मह व्यवसायी संघमा १० जिल्लामा १ सय ७ जनाको सहभागिता छ । त्यस्तै मौरी पालक किसानहरुको नेपाल मौरीपालक महासंघ पनि छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ पनि स्थापना भएको छ ।

– आगामी असोज १९ र २० गते काठमाडौंमा प्रथम मह महोत्सव आयोजना हुँदैछ । त्यहाँ मह, यसका परिकार र मह उत्पादनमा प्रयोग हुने सामाग्रीका करिब ५ सय स्टलहरु रहने छन् । महको महत्व र शुद्धताबारे जानकारी गराई नेपालमा मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने र मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाई त्यसको बजार अन्तरराष्ट्रिय रुपमा विकास गर्ने उद्देश्यले मह महोत्सव गर्न लागिएको हो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (२)
  • Rana Rai लेख्नुहुन्छ    |   २०७० असोज २ गते ९:१६

    mahuri ko jat barama romro lago maro ghar parbat ho tiha kuna jat ko mahuri hola khi jan kari denu hunxa ki

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

  • sham shrestha लेख्नुहुन्छ    |   २०७१ साउन १९ गते २१:३०

    महोत्सव गरेको बदमासी गरेको भएमा यसवारे संघमा छलफल गरि कारवाही गर्नुपर्छ अध्यक्ष धर्मराज श्रेष्ठ लाखौंको घोटाला गर्ने फाटहा मान्छौ हो मह उत्पादनमा चार सय ५० मेट्रिकटनले वृद्धि । हावा तथ्यांक दीने जसको १ घार पनि छैनन मह अध्यक्ष धर्मराज श्रेष्ठ कति हास्नु व्हए?म त हास्दा हास्दै मर्ने भयो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

डाक्टरको बयानः सुशीलले ५ सातादेखि अक्सिजन लिइरहनुभएको थियो

२६ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई क्यान्सर लाग्दादेखि नै उनको स्वास्थ्यमा अहोरात्र सेवा गर्दै आएका डा. करवीरनाथ योगी पछिल्लो समयमा पनि सुशीलको साथमै...

सुशीलका भाइ भन्छन्- दाजुलाई पसिना आएको थियो, अस्पताल लैजानु भनेँ

२६ माघ नेपालगञ्ज । सुर्खेतरोडस्थित कोइरालानिवासमा सोमबार मध्य राति फोनको घन्टी बजेको बज्यै गर्‍यो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाका कान्छाभाइ विजय कोइरालालाई लाग्यो, अलार्म बज्दै...

उम्मेदवारी नमिल्दा अखिलमा गुटभित्रै गुटबन्दी

२६ माघ, काठमाडौं । एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन कांग्रेस सभापति सुशील कोइरालाको निधनका कारण एक दिन पर सरेको छ ।...

शोकमा डुबेका शशांकमाथि लाग्यो अन्तरघातको आरोप !

२६ माघ, काठमाडौं । नेपाली कांग्रेस र कोइराला परिवारमा शोक परेकै दिन कोइराला परिवारका एक प्रभावशाली सदस्य डा.शशांक कोइरालामाथि कांग्रेसको संस्थापन पक्षबाटै अन्तरघातको आरोप...

तस्वीरमा सुशीललाई श्रद्धाञ्जली

२६ माघ, काठमाडौं । दिवंगत सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको छ । सोमबार मध्यराति १२ः५० मा निधन...

कांग्रेस महाधिवेशन नसर्ने, रामचन्द्र पौडेललाई कार्यवाहकको जिम्मा

२६ माघ, काठमाडौं । सभापति सुशील कोइराला निधनका बाबजुत नेपाली कांग्रेसले १३औं महाधिवेशन पूर्व घोषित मितिमै हुने भएको छ । कांग्रेस सभापति कोइरालाको सोमबार...

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानसहित गरिने, भोलि सार्बजनिक विदा

२६ माघ, काठमाडौं । सरकारले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका...

सुशीलको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

२६ माघ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र सम्बर्द्धनमा समर्पित गरेका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील...

एक सातापछि तेलको लाइन बस्नु नपर्ने, सबै पम्पबाट तेल बाँडिने

२६ माघ, हेटौंडा । भारतको अघोषित नाकाबन्दी हटेपछि नेपाल आयल निगमले नियमित रुपमा तेल बाँड्ने तयारी गरेको छ । अब तेलका लागि लाइन बस्नु...

विमानस्थलबाटै कांग्रेस नेताले भने- अब पार्टी एकतामा जोड दिन्छौं

२६ माघ, बिराटनगर । सुशील कोइरालाको निधन हुँदा कांग्रेस संस्थापन पक्षका अधिकांश सारथीहरु प्रायः राजधानी बाहिर थिए । पार्टीभित्र देउवा पक्ष र कोइराला पक्षवीच...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित