Comments Add Comment

बाघ र गोहीको भयानक भिडन्त (फोटोफिचर सहित)

बाघ र गोही भिड्ने हो भने कसले जित्ला? हामी कहाँ मांशाहारी बाघले गोहीलाई आक्रमण गरेको देखिएको छैन । बरु उल्टै गोहीले पायो भने आफ्नो खतरनाक पुच्छरले बाघमाथि धावाबोल्ला । तर ब्राजिलमा पाइने एक बाघ प्रजातिले भने गोही माथि भयानक आक्रमण गर्छ ।

नदिको किनारामा घाम तापेर बसिरेको गोहीमाथि १२७ किलो तौलको त्यो जगुआर बाघले ८ फुट लामो गोहीमाथिगुरिल्ला शैलीमा आक्रमण गर्यो । झण्डै ७० किलोको त्यो गोहीको गर्धनमा आफ्ना तिखा दाह्रा गाड्यो, नंग्रा गाड्यो र पानीमा धकेल्दै निकाल्दै गर्यो ।tiger-gohi

फोटोग्राफर जस्टिन ब्लाकले क्युआबानदिमा यस्तो दृश्य क्यामरामा कैद गर्न सफल भएकाहुन् । गोहीको सिकार गर्न पोख्त बनेको उक्त प्रजातिको बाघले नदीको पारीपट्टी बालुवामा सुतिरहेको गोहीमाथि धाबा बोल्नका लागि विस्तारै पौडिएर नदिपार गर्यो र थाहै नपाउने गरी झ्वाम्मै गोहीको गर्धनमा आक्रमण गर्यो । गोही र बाघबीच लामो समय घम्साघम्सी चल्यो । अन्त्यमा बाघले गोहीलाई मारिछाड्यो अनि सिकारलाई मुखमा झुण्ड्याउँदै नदि तरेर घाँसे मैदानतर्फ लाग्यो ।

tiger-gohi-1

tiger-gohi-2

tiger-gohi-3

tiger-gohi-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment