Comments Add Comment

मलेसियामा अर्का नेपालीलाई १८ वर्ष जेल

२१ भदौ, क्वालालम्पुर । आफ्नै साथीको हत्या गरेको अभियोगमा मलेसियामा एक नेपालीलाई १८ बर्ष जेल सजायँ सुनाइएको छ । साहआलमस्थित उच्च अदालतले बिहीवार २५ वर्षीय नेपाली बिष्णुबहादुर कार्कीलाई १८ बर्षको जेल सजायँ सुनाएको हो । आफ्नै साथी किरणबहादुर श्रेष्ठको हत्यामा उनलाई दोषी किटान गरी जेल सजायँ सुनाइएको मलेसियाबाट प्रकाशित न्यू स्ट्रेट टाइम्स पत्रिकाले जनाएको छ ।malaysia tower

समाचारमा जनाइएअनुसार कार्की र श्रेष्ठ दुवैजना कार्गो हेल्परका रुपमा एक कार्गो कम्पनीमा कार्यरत थिए । आपसी बिबादमा सन् २०१२ जुन १० तारिखका दिन कार्कीले श्रेष्ठलाई स्टीलको डण्डीले टाउकोमा हिर्काएका थिए । आक्रमणबाट घाइते श्रेष्ठको अस्पतालमा निधन भएको थियो । जुन ११ मा पक्राउ परेका कार्कीबिरुद्ध स्थानीय प्रहरीले आजीवन जेल सजायँ हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो । पक्राउ परेकै मितिबाट लागू हुने गरी जेल सजायँ तय गर्न न्यायाधीशले जेल प्रशासनलाई निर्देशन दिएका छन् ।

पछिल्लो समयमा नेपालीहरुको आपराधिक गतिबिधिमा संलग्न भएका समाचार मलेसियाली सञ्चारमाध्यमहरुमा बाक्लोगरी आउन थालेका छन् । गत जुन महिनामा मात्र सेक्युरिटी कम्पनीका मालिकलाई अपहरण गरी १० किलो सुन फिरौती लिएको अभियोगमा आर रोसन र टीजे रमेश नामका दुई नेपालीलाई मलेसियाली अदालतले आजीवन जेल सजायँ सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment