Comments Add Comment

राप्ती समाज जापानको संयोजकमा रेग्मी

वी रेग्मी

 टोक्यो । जापानमा रहेका राप्तीबासीहरुको टोकियोमा पहिलो सम्मेलन सम्पन्न भएको छ । आइतवार सम्पन्न भएको सम्मेलनले सर्बसम्मतीवाट संस्थाको नाम ‘राप्ती समाज जापान’ राखी आगामी दिनहरुमा आफ्ना गतिबिधी संचालन गर्ने जनाएको छ ।1

जापानमा रहेका राप्तीबासीहरुबिच पारस्परिक सम्बन्ध,सम्पर्क,सहयोग एवं भाइचारामा अभिबृद्धि गर्दै जन्मभूमिका लागि सक्दो योगदान पुर्‍याउने साथै जापानमा रहनुभएका सम्पुर्ण नेपालिहरुका साथै संघ, संस्थाहरुसँग सहकार्य गर्दै सम्पूर्ण नेपालीहरुको हकहीत संरक्षण, संवर्धन र विकास गर्नुका साथै एक-आपशी एकता र समझदारी सम्बन्धी प्रभावकारिताको बिकास गर्ने उदेश्यका स्थापना गरिएको यस संस्थालाई औपचारिक रुपमा अगाडी बढाउन बिशेश्वर रेग्मीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

यसैगरी सम्मेलनले आकाश प्रधान, दिवाकर श्रेष्ठ, युबराज रेग्मी, बालकुमार पुन, अशोक पुरी, एकता केसी, रुपेशराज ओली, मनराज बिश्वकर्मा, रुपान्तरण घर्ती, नमराज भट्टराई , रोशु श्रेष्ठ र अबिशर बि.एम. सहित १३ सदस्सीय सचिवालय कार्यसमितिको चयन गरेको हो । यसैगरी संरक्षक तथा सल्लाहकारमा पछि थप गर्ने गरी हाल पदम प्रसाद भट्टराई, डा. नेत्र प्रकाश भन्डारी दिनेश डाँगीलाई चयन गरेको छ । टोकियो निप्पोरी स्थित एभरेष्ट क्याफेमा सम्पन्न उक्त सम्मेलन पश्चात नेपाली महिलाहरुको बिशेस चाड तिजलाई मध्य नजर गरेर नाचगान गर्दै दर खाने कार्यक्रम को साथमा उक्त कार्यक्रम समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment