Comments Add Comment

कैलाश बैंकले नगद ९ र बोनस सेयर १० प्रतिशत दिने

२१ भदौ, काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

kailash-bank

बैंक सञ्चालक समितिको ३२७ औं बैठकले उक्त प्रस्ताव राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो । आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण हुनेछ । यस बैंकको सेयर १७७ रुपैयाको हाराहारीमा कारोबार भएको छ ।

गत वर्ष बैंकले प्रतिसेयर २१ रुपैयाँ आम्दानी हुने गरी १५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले वित्तीय क्षमताले भ्याएसम्म सबै रकम लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पुँजी ७० करोड ७३ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment