Comments Add Comment

अष्ट्रेलियामा प्रवासी भुटानी मिडिया फस्टाउदै

एडिलेड । तेस्रो मुलुक पुनर्वास संगै बढेको भुटानी डायस्पोरामा प्रवासी मिडियाको विकास पनि विस्तार हुने थालेको छ । नेपालमा शरणार्थी हुदा आर्थिक अभाव र प्राविधिक कमजोरीका कारण भुटानीमाझ मिडियाको महत्व त्यति बढी सकेको थिएन । केही जागरुकहरुले साना तिना मिडिया चलाए पनि समग्र शरणार्थीलाई त्यति महत्व थिएन ।

नेपाल रहदा शरणार्थी सन्देश, शरणार्थी सरोकार जस्ता केही रेडियो कार्यक्रम बाहेक भुटान समाचार सेवा एक मात्र अन्लाइन समाचारको माध्यम बनेको थियो । यसले शरणार्थीको पुनर्वासपछि त्यति ससक्त रुपमा समाचार पस्कन सकेको सकेको छैन ।  प्रवासमा मिडिया विस्तार गर्ने होडमा अष्ट्रेलिया निकै अगाडि देखिएको छ । अमेरिकामा सबै भन्दा धेरै शरणार्थीहरु पुनर्स्थापित भए पनि अष्ट्रेलियामा मिडिया फस्टाएको छ । त्यहा भुटानीहरुले तीनवटा रेडियो कार्यक्रम चलाएका छन् । एडिलेड र केन्समा एक एक वटा रेडियो कार्यक्रम पूर्णरुपमा भुटानीले चलाएका छन् भने एडिलेडमै अर्को एउ्टा सो नेपाली-भुटानीको संयुक्त पहलमा गत छ वर्ष देखि चलिरहेको छ ।

 हालै मात्र अष्ट्रेलियाका युवाहरुले अन्लाइन समाचार पनि सुरु गरेका छन् । भुटान न्युज नेटवर्क नामक यो समाचार संस्थाले प्रवासमा रहेका भुटानहरु का सामाजिक गतिविधि समेट्ने लक्ष्य राखेको एक जना अग्रणी प्रवासी भुटानी पत्रकार इन्द्र अधिकारीले बताए । भुटान न्युज नेटवर्कले प्रवासी मात्र है भुटानमा भएका राजनीतिक, आर्थिक र सामाजिक कामका खबरहरु पनि प्रकाशित गर्ने गर्छ ।  नयाँ परिवेशमा भुटान र प्रवासी भुटानीको सम्बन्ध सुधार गरी भुटानमा कालान्तरमा प्रवासमा रहेका भुटानीले लगानी गर्न सक्ने वातावरण सृजना गर्न पनि यो समाचार संस्थाले काम गर्ने बताइएको छ ।

त्यसका अलावा एडिलेडबाट त्रैमासिक रुपमा नमस्ते नामक पत्रिका पनि भुटानीहरुले छाप्ने गर्छन् । उता नेपालीहरुले प्रकाशित गरेको सिड्नीको नेपाली पोष्ट र मेलबोर्नको पिपलबोटले पनि भुटानीहरुलाई मिडियामा संलग्न गराउन प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment