Comments Add Comment

मोवाइल फोनले बढायो वालविवाह : जिशिअ

२१ भदौ, कालीकोट । मोवाइल फोनले पनि काहीँ बालविवाह बढाउँछ ? तर, वालविवाहलाई बढावा दिने काम मोवाइल फोनले गर्न थालेको कालीकोट जिल्ला शिक्षा कार्यालयका अधिकारीले निश्कर्ष निकालेका छन् ।
विद्यालयमा मोबाइल प्रयोगका कारण बालविवाहका घटना बढ्न थालेको भन्दै जिल्ला शिक्षा कार्यालय कालिकोटले विद्यार्थीलाई विद्यालय हाताभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरेको छ । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले जिल्लाका कुनै पनि निमावि र मावि तहका विद्यार्थीले पठन-पाठनका बेला विद्यालय हाताभित्र मोबाइल प्रयोग गरेमा जफत गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई निर्देशन दिएको बताउनुभयो ।
मोवाइलले कसरी वालविवाह बढायो भन्ने बारेमा चाहिँ शिक्षा कार्यालयसँग त्यस्तो कुनै तथ्यांक छैन । यद्यपि कालीकोटजस्तो दुर्गम ठाउँमा मात्रै नभई राजधानीमा समेत विद्यालयमा मोवाइल बोक्न नपाइने नियम बनाइने गरेको छ । तर, मोवाइलले विवाह बढाएको कारण देखाएर होइन कि, पढाइमा बाधा गर्ने कारण देखाएर विद्यार्थीलाई मोवाइल लिएर कक्षा कोठामा प्रवेश गर्न निदने गरिएको छ ।
तिवारीका अनुसार जिल्लामा पछिल्लो समयमा निमावि र मावि तहका विद्यार्थीले र विद्यालय हाताभित्र मात्र नभई कक्षाकोठामा समेत मोबाइल प्रयोग गर्ने गरेकोे आवाज उठ्न थालेपछि मोवाइल बोक्न प्रतिबन्ध लगाइएको हो । यसअघि पनि विभिन्न विद्यालयले आचारसंहिता बनाई मोबाइल प्रयोगमा रोक लगाए पनि  विद्यार्थीले बेवास्ता गरेको शिक्षा कार्यालयको गुनासो छ ।  विद्यालयले गरेको आग्रह कार्यान्वयन नभएको अवस्थामा जिल्ला शिक्षा कार्यालयले समेत दिएको निर्देशन कार्यान्वयन हुन्छ, हूँदैन, हेर्न बाँकी छ  ।
सूचनाको बढ्दो पहुँचसँगै अभिभावकले आˆना छोराछोरीलाई रहरका लागि मोबाइल किनिदिने प्रचलन बढेको छ । तर यसको नियन्त्रणमा भने ध्यान नदिँदा भविष्यमा ठूलै समस्या आउने गरेको जिल्ला शिक्षा अधिकारीको भनाइ छ । अभिभावकहरू आˆना बालबालिकाको पढाइका बारेमा बुझ्न विद्यालयमा कहिले पनि नआएको केही शिक्षकहरू बताउँछन् ।
नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागाइले शिक्षा क्षेत्रको समग्र अवस्थाका बारेमा शिक्षक मात्र होइन, अभिभावक र सरोकारवाला निकायले समेत गम्भीर रुपले सोच्न आवश्यक छ भन्दै शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment