OnlineKhabar.com

जनतामा झुट र भ्रम बाँडेर चुनाव जितिँदैन : कोइराला

२०७० भदौ २१ गते ९:०२ मा प्रकाशित

२१ भदौ, नेपालगन्ज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुक अब निर्वाचनमय भएकाले कसैले चाहँदैमा चुनाव नरोकिने वताउनु भएको छ । शुक्रवार बाँकेस्थित आफ्नै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले भन्नुभयो- “निर्वाचनको विपक्षमा उभिएका दलका नेतालाई सहमतिमा ल्याउने प्रयास अन्तिम समयसम्म हुन्छ, यदि उहाँहरु सहमतिमा आउनुभएन भने पनि अब निर्वाचन रोकिँदैन ।”sushil koirala

कोइरालाको भनाइ थियो, “अन्तर्राष्ट्रिय समुदायसमेत निर्वाचनमा सहयोग गर्न तत्पर रहेको अवस्थामा कसैले अराजनीतिक तथा अलोकतान्त्रिक माग प्रस्तुत गरेर निर्वाचनको विपक्षमा आफूलाई उभ्याउँछ भने नेपाली जनताले नै उनीहरुको बहिष्कार गर्छन् ।” नेपाली जनता अहिले धेरै सचेत भइसकेको र तिनले दलको भूमिकालाई राम्रोसँग मूल्याङ्कन गरेको हुँदा झुट र भ्रम बाँडेर कुनै दलले पनि चुनाव जित्न नसक्ने उहाँको ठम्याइ छ । “तपाईँलाई बाँके जिल्लाको क्षेत्र नं १ र ३ बाट निर्वाचन लड्न क्षेत्रीय समिति बैठकले सिफारिस गरेको छ, कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ” भनी सोधिएको प्रश्नमा सभापति कोइरालाको जवाफ थियो-‘अन्य धेरै जिल्लाका साथीले पनि चुनावमा उठ्न अनुरोध गरेका छन्, कहाँबाट उठ्छु मैले अहिले निर्णय गरिसकेको छैन ।”

पार्टीमा त्याग, सङ्घर्ष गरेका तथा सक्रिय कार्यकर्तालाई मात्र प्रत्यक्ष तथा समानुपातिक स्थान दिइने स्पष्ट पार्दै उहाँले नेताको पछि पछि मात्र लाग्ने, अरु बेला पैसा कमाउन अन्य व्यवसाय गर्ने तर चुनाव आयो भने टिकटका लागि ढोका चाहार्नेलाई कुनै पनि हालतमा टिकट दिइने छैन भन्नुभयो । “टिकट नपाएर विद्रोह गर्ने, अन्तर्घात गर्ने र विपक्षमा उभिने कार्यकर्तालाई पार्टीको विधानअनुसार तत्काल कारबाही हुन्छ”, सभापति कोइरालाको चेतावनी थियो । रासस

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

शुक्रबारको टप १० समाचारः तपाईंले छुटाउनु भयो कि ?

आज शुक्रबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ? १. मोहन...

मन्त्रालयमा कांग्रेसविरुद्ध कमल थापाको प्रहार

२९ माघ, काठमाडौं । परराष्ट्र एवं स्थानीय विकास मन्त्री कमल थापा मन्त्रालयमा नेपाली कांग्रेसको एकाधिकार तोड्ने अभियानमा लागेका छन् । सुशील कोइरालाका पालामा राजनीतिक...

राउटे मुखियालाई प्रधानमन्त्रीले दिए जुत्ता उपहार

२९ माघ, काठमाडौं । राउटेका मुखियाहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले चाडवाड मनाउन सरकारले...

ढाडभरी निलडाम हुने गरी शिक्षकले एक कक्षा पढ्न विद्यार्थी कुटे

२९ माघ, नेपालगञ्ज । बाँकेको बैजापुरस्थित एक विद्यालयका शिक्षकले कक्षा १ पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन् । बैजापुर-२ भवानियापुरको ब्राइट स्काइ इंग्लिस मिडियम...

कामका लागि विदेशिने युवाको संख्या घटेको घट्यै

२९ माघ, काठमाडौं । नेपाली युवाहरु विदेशिएकोमा धेरैले चिन्ता गर्दै आएका छन् । तर, यसलाई सुखद समाचार मान्ने हो भने चालु आर्थिक वर्षमा कामका...

सशस्त्रका पूर्व प्रमुख ओलीविरुद्ध मुद्दा दायर

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वआइजीपी वासुदेव ओलीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सामान ढुवानीमा नक्कली...

उपत्यकामा दिउँसो बढी चोरी

२९ माघ, काठमाडौं । उपत्यकामा पछिल्लो समय रातिको तुलनामा दिउँसोमा बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष...

इन्धनको कालोबजारी गर्ने मेहता पक्राउ

२९ माघ, काठमाडौं । प्रहरीले तेल तथा ग्यासको कालोबजारीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । ग्यास र डिजेलको कालोबजारी गर्ने सुनसरी भोक्राहका बालेश्वर...

राजनीतिक संयन्त्रले मधेस आन्दोलनलाई निकास दिन्छः ठाकुर

२९ माघ, विराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले राजनीतिक संयन्त्र बनाएर सीमांकन विवाद मिलाउनु सकारात्मक रहेको बताएका छन् । मधेसी मोर्चाको...

प्रधान सेनापति र राष्ट्रसंघ आवासीय संयोजकबीच भेट

२९ माघ, काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षेत्री र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक माइकल प्याटि्रक जोन्सबीच भेटवार्ता भएको छ । सैनिक मूख्यालय भद्रकालीमा भएको...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित