Comments Add Comment

चीनले सीमा मिचेको भन्दै भारतीय संसदमा हंगामा

२१ भदौ, काठमाडौं । चीनले भारतको लद्दाख क्षेत्रमा ६ सय ४० किलोमिटर सीमाना मिचेको भन्दै शुक्रबार भारतीय संसदभित्र हंगामा मच्चिएको छ । भारतीय गृहमन्त्री एके एन्टनीले संसदमा उभिएर यसबारे जवाफ दिनुपरेको छ । तर, गृहमन्त्री एन्टनीले त्यसरी सीमा मिचिएको भन्ने प्रचार सत्य नभएको स्पष्टीकरण दिएको बिबीसीले जनाएको छ ।

चीन र भारतको विवादग्रस्त सीमाक्षेत्र लद्दाखको स्थितिबारे अनुसन्धान गर्न राष्ट्रिय सुरक्षा सल्लाहकार श्याम सुन्दरको नेतृत्वमा बनेको समितिको स्थलगत रिपोर्टको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले चीनद्वारा ६ सय ४० किमी जमीन मिचेको समाचारमा उल्लेख गरेपछि संसदमा विपक्षी दलका नेताहरुले गृहमन्त्रीलाई जवाफका लागि संसदमा उभ्याएका हुन् ।

समाजवादी पार्टीका मुलायमसिंह यादवले सञ्चारमाध्यमको सूचनालाई आधार मान्दै यो मामिला भारतीय संसदमा उठाएका हुन् । बीबीसी हिन्दीका अनुसार मुलायमले चीनको चर्को विरोध गर्दै संसदमा भने- ‘हामी १४ वर्षदेखि लगातार सदन र सदनबाहिर बोलिरहेका छौं कि चीनले हिन्दुस्तानमाथि हमला गर्नेछ । चीनको दृष्टि मातमाथि लागेको छ । हामीले केही उदाहरण पनि दिएका छौं । चीनले नेहरुजीलाई धोका दियो । चीनले भारतमाथि कब्जा गर्ने शोकबाटै नेहरुजीको निधन भयो । आज चीनले फेरि कब्जा गर्‍यो र विस्तारै विस्तारै कब्जा गर्दै गइरहेको छ । आज जब देशको सीमा सुरक्षित छैन भने तपाई कसरी देशलाई सुरक्षित राख्न सक्नुहुन्छ ?

विपक्षीहरुले लाद्दाखमा ६ सय ४० किलोमिटर भूमि चीनले कब्जा गरेको भने पनि सत्तापक्षका नेताले भने समितिको स्थलगत प्रतिवेदनमा त्यस्तो उल्लेख नभएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment