Comments Add Comment

सुनको भाउ ७ सय घट्यो

२१ भदौ, काठमाडौं । बिहीबार स्थानिय बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका goldलागि छापावाला सुनको भाउ तोलाको ५९ हजार ३ सय रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा ७ सय रुपैयाँ घटेर ५९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन बुधबार ५९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउमा ५ रुपैयाँ गिरावट आएको छ । महासंघले बिहीबारका लागि चाँदीको भाउ तोलाको एक हजार २५ रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment